नेपाल युवा परिषदको आयोजना तथा को प्राबिधिक सहयोगमा राजधानीमा ७ दिने सम्बन्धि तालिम सुरु भएको छ । नेपाल युवा परिषदको महासचिब बिराज श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै तालिमको सुरुवात भएको हो ।

१९ जना सहभागी रहेको यस तालिममा मुख्य प्रशिक्षकको रुपमा नेपालको प्रथम जियोम्यट्रिक इन्जिनियर असिम बाबु श्रेष्ठ रहनुभएको छ । तालिम अवधिभरमा सहभाीहरुलाई पूर्ण रुपमा जानकारी दिई काम गर्न सक्ने बनाउने उदेश्य रहेको जानकारी प्रशिक्षक श्रेष्ठले दिनु भयो ।

यस तालिममा बन्यजन्तु बिषयमा अध्ययनरत बिद्यार्थीहरु, बाताबरण बिषयमा अध्ययनरत बिद्यार्थीहरु, सुचना प्रबिधि बिषयमा अध्ययनरत बिद्यार्थीहरु, अन्य बिभिन्न बिषयमा अध्ययनरत बिद्यार्थीहरु, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु, ट्राभल एण्ड टेकि ङ्ग कम्पनिमा कार्यरत कर्मचारीहरु सहभागी रहेको छ । यस तालिम सेप्टेम्बर २० सम्म संचालन रहनेछ ।

यस नेपाल युवा परिषद एक बिशुद्घ नाफारहित, सामाजिक संस्था भएकोले यस तालिमको बिद्यार्थी बर्गहरुलाई समेत मध्यनजर गर्दै तालिमको अत्यन्तै न्यून शुल्क राखेको जानकारी यस तालिमको सहसंयोजक रितिका प्रसाईले बताउनु भयो ।