हावाहुरी पीडितलाई राहत वितरण
चैत १७ गते बारा जिल्लामा भएको हुरीबतासको क्षतिका कारण ज्यान गुमाउने तथा घाईतेहरुको परिवारका लागि नागरिक समूहले राहत वितरण गरेको छ ।

भिषण हुरीका कारण भएको धन जनको क्षतिका कारण परिवार गुमाउने तथा घाईते परिवारको राहतका लागि विभिन्न संघसंस्थाहरुसँग समन्वय गरि अति प्रभावित क्षेत्र बारा जिल्ला फेटा गाउँपालिका वडा नं. १ भलुहीमा पुगी विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल यूवा परिषद, नागरिक समूह नेपाल, यूवा कृषि मञ्च, नेपाल ईको फ्रेण्ड्ली लियो क्लब र रोटरी क्लब अफ मातृभूमी बालुवाटारले संयुक्त रुपमा सोलार तथा पावर चार्जिङ लाइट, झुल, ब्ल्याङकेट, तन्ना नुहाउने साबुन, कपडा धुने साबुन, सरफ, टुथ्पेष्ट, दाँत माझ्ने ब्रस, बाल्टिन, मग, चक्कु, पानी, म्याट लगायतका सामग्री वितरण गरेको हो ।
राहत फेटा गाउँपालिका वडा नं. १ का अध्यक्ष जय प्रकाश दासको रोहवरमा स्थानीय पीडितहरुलाई हस्तान्तरण गरेका हुन् ।



