Our blogs

blogs

युवा सँग उद्यमी कार्यक्रम मार्फत २१६० जना भन्दा बढी युवाहरु लाभान्बित हुने

By Nepal Youth Council(NYC)

युवा सँग उद्यमी कार्यक्रम मार्फत २१६० जना भन्दा बढी युवाहरु लाभान्बित हुने

नेपाल युवा परिषद र टेक्सास इन्टरनेशनल कलेज (टेक्सास इन्टरनेशनल एजुकेसनल नेटवर्क) बिच सम्झौता भएको छ ।

विगत ८ बर्षदेखि युवाका क्षेत्रमा क्रियाशिल नेपाल युवा परिषद र टेक्सास इन्टरनेशनल कलेज बिच दिर्घकालिन सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँ र टेक्सास इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी निर्देशक भेष राज पोखरेलले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार नेपाल युवा परिषदले यो बर्ष टेक्सास इन्टरनेशनल कलेजसंगको आयोजनामा युवा संग उद्यमी भन्ने कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम अन्तर्गत ११ महिना उद्यमशिलतासंग सम्बन्धित कार्यक्रम आयोजना गरिनेछ ।१ महिनाको कार्यक्रम अन्तर्गत युवा र दिगो बिकास शिर्षकको कार्यक्रम आयोजना गरिनेछ । जसमा हरेक कार्यक्रममा १८० जना भन्दा बढी युवाहरुले उक्त कार्यक्रममा सहभागी भई उनीहरुलाई उद्यमशीलतामा थप प्रेिरत गर्ने कुरा दुबै पक्षले बिश्वास लिएको छ । प्रत्येक महिना उक्त कार्यक्रम टेक्सास इन्टरनेशनल कलेज (टेक्सास इन्टरनेशनल एजुकेसनल नेटवर्क) संगको सहकार्यमा आयोजना गरिनेछ ।

युवा परिवर्तनका संवाहक हुन भन्नै नाराका साथ सन् २०११ मा स्थापना भएको नेपाल युवा परिषदको हाल ५२ जिल्लामा शाखा रहेको छ । आगामी अगष्ट १० मा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर परिषदले राष्ट्रिय युवा सम्मेलन २०१९ आयोजना गर्न लागेको छ । जुन सम्मेलनमा प्रत्येक जिल्लाका १८ देखि ३० बर्ष उमेर समुहका युवाहरुले सहभागिता जनाउन पाउनेछन् ।

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.