Our blogs
- Home
- Blogs
blogs
राजधानीमा युवा उद्यमशीलताको सम्भाबना र चुनौती बिषायक कार्यक्रम सम्पन्न
राजधानीमा युवा उद्यमशीलताको सम्भाबना र चुनौती बिषायक कार्यक्रम सम्पन्न
नेपाल युवा परिषदको आयोजनामा राजधानीमा युवा उद्यमशीलताको सम्भाबना र चुनौती बिषायक १ दिने कार्यशाला छलफल एवं बृहत अन्र्तक्रिया सम्पन्न भयो । कार्यक्रममा अनुसन्धाकर्ता सन्तोष पौडेलले कार्यपत्र प्रस्तुत गरी नेपालमा उद्यमशीलता बिकासको सम्भाबना र चुनौतीका बिषयमा आफ्नो प्रस्तुती गरे पश्चात यस कार्यक्रमको सुरुवात भएको थियो ।
बिभिन्न युवा संघ संस्थाको अध्यक्ष एवं प्रतिनिधिहरुको बिचमा करिब ३ घण्टाको छलफलमा नेपालमा युवा उद्यमशीलतामा के के सम्भाबनाहरु र चुनौतीहरु रहेको छन् भन्ने बिषयमा बृहत छलफल भएको थियो र सहभागी युवा व्यक्तित्वहरुले आफ्नो आफ्नो धारण राखी सम्पन्न कार्यक्रममा करिब ३१ जना युवाहरुको सहभागीता रहेको थियो । आफ्नो मन्तव्यको क्रममा युवा वकालत नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले तमाम युवाहरु जगिरे संस्कृतिमा तत्लीन छन् र यहाँ सीप तथा श्रमको उचित सम्मान गर्ने परिपाटी समेत कम भएकोले युवा उद्यमशीलताको सम्भाबना प्रचुर छ तर बढ्न सकेको छैन र बिना सीप नेपालबाट करिब ७४ प्रतिशत युवाहरु बिदेश जान्छन् त्यसले गर्दा ज्ञान सीप बिकास तर्फ राज्यस्तरबाट र अन्य सरोकारवाला निकायबाट पनि यर्थाचित निति बनाई कार्य सम्पादन गर्न सकेको खण्डमा युवा उद्यमशीलतामा बिकास हुन सक्छ र हाल दक्ष सीप र ज्ञानको अभावमा अन्र्तराष्ट्रिय क्षेत्रमा नेपाली युवाहरु प्रतिस्पर्धा गर्न सक्दैनन् ।
त्यसैगरी मन्तव्यकै क्रममा आयोनका अध्यक्ष हिमाल महतले केही समय अगाडी नेपाली युवाहरु राजनितिमा बढी क्रियाशिल हुने गरेको पाईन्थ्यो भने अहिले सामाजिक कार्य गर्न तर्फ प्रेरित भईरहको पाईन्छ यो निकै स्रहानिय कुरा हो । साथै प्रबिधिलाई बढी प्रयोग गरी क्रियाशिल रहेका युवाहरुको जमात पनि निकै ठुलो रहेको छ ।
सहभागी युवा अभियान्ता सुधा सुवेदीले नेपाली युवाहरुको सोच्ने शैली लाई परिबर्तन गर्ने खालको कार्ययोजना बनाई राज्यस्तरबाट र सबै सरोकारवाला निकायहरुबाट कार्यन्वयन गर्न सक्ने हो भने पनि युवा उद्यमशीलताको बिकास हुने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्ने क्रममा युवा अभियान्ता एवं गैसस युवा महासंघ नेपालका अध्यक्ष कमल सुवेदीले बिदेशबाट फर्केका व्यक्तिहरुलाई उद्यमशीलता गर्न प्रेरित गर्न सकेको खण्डमा पनि युवा व्यवसायीहरु थप बढ्ने थियो साथै युवाहरु समक्ष जानकारी समेत समयमा नै पुग्न नसक्नु र राज्यबाट केही रकम प्राप्त गरेको खण्डमा उक्त रकमको खासै माया नहुने र त्यसलाई सिध्याउने नाकी साच्चै व्यवसाय गरेर पुँजी बढाउने तर्फ सोच कमी हुनु पनि हो । एकिकृत कार्ययोजना ल्याउनुपर्ने र नेपाली बैंकहरुले खासै व्यवसाय गर्ने व्यक्तिहरुलाई समेत बिश्वास नगर्ने हुनाले थप नयाँ व्यवसायीहरु थप्ने भन्दा पनि भएकालाई समेत धौ धौ परिरहेको छ । साथै युवा अभियान्ता महेन्द्र थापाले ७ ८ जना मिलेर एनजिओ खोल्न तयार हुने तर व्यवसाय गर्न नेपाली युवाहरु तयार हुदैनन् । अहिलेको बिडम्बना गाँउमा युवाहरु नै भेटिदैनन् र राज्यस्तरबाट पनि आर्थिक उपार्जन गर्ने खालको कार्ययोजना समेत नभएकोले यो एउटा कागजी प्रकृयाको रुपममा मात्रै सिमित भएको छ र युवाहरुको सोच्न शैलीलाई समेत थप परिमार्जित गर्न पर्ने अवस्था भईसकेको छ । मन्तव्य राख्ने क्रममा फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थिले सामाजिक व्यवसायलाई बढी जोड दिनुपर्ने कुरा राख्नु भएको थियो ।

युथ पार्लामेन्टका अध्यक्ष दिवाकर अर्यालले व्यवसाय गर्न खोज्दा बैंकहरुले पत्याउदैनन् गाँउमा रहेको पाखो बारीलाई धितो लिन मान्दैनन् र युवाहरुलाई थप आशाबादी बनाउदै बैंर्कसहरुलाई पनि तालिम पो दिन पर्ने हो की भन्ने धारण प्रस्तुत गनुभएको थियो । त्यसै युवा व्यवसायी गोबिान्द्र गुरुङले शैक्षिक स्तर सुधार गर्नुपर्ने र व्यवसयीहरुले सिकेका कुराहरुलाई नयाँ पिढीलाई समेत हस्तान्तरण गर्दै जान सकेको खण्डमा उद्यमशीलता बिकासमा ठुलो टेवा मिल्ने धारण राख्नु भएको थियो । आफ्नो धारण राख्ने क्रममा अर्का युवा व्यवसायी जयराम सिग्देलले नयाँ काम र नयाँपन अवको युवलाई सिकाउनु पर्दछ र युवाहरुका काम गर्ने सक्ने तागत नै छैन र कामप्रति समेत खासै इमान्दारीता समेत नभएको हुदाँ उद्यमशीलताको बिकास नभएको कुराको जानकारी राख्नु भएका थियो । र नेपाली युवाहरुमा सामुहिक भाबनाको कमी छ र अन्य व्यक्तिहरुको समेत खासै कुरा नसुन्ने परिपाटी रहेको छ । नागरिक समुहको अध्यक्ष निगम हुमागाईले बिदेशमा रहेका नेपाली युवाहरुलाई कसरी नेपाल फर्काउने र नेपालमा थप व्यवसायीक योजनाहरु समेत ल्याउनु पर्ने र देशमा सिप, शिक्षा, उद्यमशिलता र बिकास हुने हो भने त्यो समृद्ध राष्ट बन्न सक्थ्यो त्यसैले यस्ता खालको कार्यक्रम गर्न अपरिहार्य भईसकेको छ ।

प्रभु बैकं कोटेश्वर ब्रान्च म्यानेजर राजन झाले युवाहरुमा धैयता कम छ र परनिर्भता समेत एक मुख्य कुरा हो र नियत राम्रो र गर्ने खालको छ भने नेपालमा व्यवसाय गर्न खासै केही चिजले समेत नरोक्ने कुराको जानकारी दिनुभयो । बोल्ने क्रममा एक अर्का युवा अभियान्ता आशिष ठाकुरले नेपालमा सबै काम गर्न सकिन्छ तर हामीमा इच्छाशक्ति चाहिन्छ र आफैले सुरु पर्ने परिपाटीको सुरुवात गर्नुपर्दछ ।
कार्यक्रमको अन्त्यमा बिशिष्ट अतिथि राजेन्द्र गिरीले हामी सबैले कुनै पनि व्यवसाय गर्न पहिला आफ्नो नियन्त्रयामा भएको कुरा र नियन्त्रण भन्दा बाहिर रहेको कुरालाई यकिन गरेर मात्रै अगाडी बढ्नुपर्दछ र व्यवसाय गर्दा बैंकहरुले पत्याउने बाताबरणको सृजना आफैले गर्ने हो र त्यस भन्दा अघि गरेको कार्यले पनि निर्धारण गर्ने हुदाँ लामो व्यवसायीक यात्रामा बैंकहरुले पत्याउने छ र सुरुमा नै बैंकहरुले पत्याउन असाध्यै गाह्रो रहेको कुरा राख्नु भएको थियो । व्यवसायीक यात्रामा बिभिन्न व्यक्तिहरुसँग पनि बेलाबेलामा सल्लाह सुझाबहरु लिनु पर्दछ र व्यवसायको बिभिन्न पाटाहरुलाई समेत अध्ययन गरेर अगाडी बढ्नु पर्ने कुरामा समेत जोड दिनुभएको थियो । त्यसैगरी मन्तव्य दिने क्रममा नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य कृष्णकुमार आर्यलले आफुलाई चिन्न पर्ने र आफुलाई समेत परिबर्तन गर्नुपर्ने कुरा समेत व्यक्त गर्नुभएको थियो र हामी युवाहरुमा सामुहीक भाबनाको समेत कमी रहेको छ र कुरा ठुला ठुला गर्ने र काम कम गर्ने परिपाटी रहेको कुरा व्यक्त गर्नु भएको थियो । साथै जुन व्यवसाय गर्ने हो त्यस व्यवसायको बिषयमा पूर्ण अध्ययन गरी पूरा आत्मबिश्वासका साथ लाग्नुपर्ने कुरामा समेत जोड दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा यस कार्यक्रममको सभापति शुर्दशन बिडारीले युवाहरुले कुनैपनि काम गर्दा आफ्नो सीमा तोक्न नहुने र आफु र बिभिन्न क्षेत्रहरुबाट बेलाबेलामा हतोत्साहित गराउने जुन प्रयास हुन्छ त्यसबाट बच्न र माथी उठ्न सकेको खण्डमा युवाहरुले नेपालमा उद्यमशीलता बिकासमा थप नयाँ आयम प्रदान गर्न सक्ने कुरामा जोड दिनुभएको थियो भने यस कार्यक्रमलाई संचालन नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँले गर्नुभएको थियो ।
MESSAGE FROM FOUNDER & PRESIDENT
With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.
Mr. Saroj Baniya Founder/President
Read more