Our blogs

blogs

राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने

By Nepal Youth Council(NYC)

राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने

आगामी अगस्ट १० देखि १२ सम्म राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने भएको छ ।

राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ७५ जिल्लाका युवाहरुको सहभागीतामा ३ दिन सम्म युवा उद्यमशिलता, युवा नेतृत्व र ब्यक्तित्व बिकास सम्बन्धी बिषयमा बिभिन्न ब्यक्तित्वहरुले कार्य पत्र प्रस्तुत हुने गरी कार्यक्रमको आयोजना गर्न लागेको कुरा राष्ट्रिय युवा परिषद नेपालको अध्यक्ष सरोज बानियाँले बताउनु भयो ।

युवा परिबर्तनका सम्बाहक हुन, परिबर्तनका अनुयायी र चेन्ज मेकरको रुपमा नेपाली युवाहरुलाई लिईएको र अझै पनि नेपाली युवाहरुबाट आश मारीहाल्नुपर्ने समय नआईसकेको र राष्ट्र परिवर्तनको मूल धारमा ल्याउन सकिने हुँदा नेपाली युवाहरुलाई जुझारु र सक्रिय बनाउदै नेपाली युवाको लागी नेपाली युवालेनै गर्नु पर्ने समय आएकोले यस सम्मेलनको आयोजना गर्न लागेको जानकारी बानियाँले बताउनु भयो ।

गत बर्ष ६८ जिल्लाको १३८ जना नेपाली युवाहरुको सहभागीतामा राष्ट्रिय युवा सम्मेलन २०१५ सम्पन्न गरेको थियो । यस सम्मेलनमा नेपाली युवाहरुलाई व्यवसायीय बन्न, समाजिक नेतृत्व बन्न र व्यक्तित्व बिकास गरी आगामी दिनहरुमा नेपाली युवाहरुले आफ्नो जिबिकोपार्जनको निमित्त खाडी मुलुकमा नै जानु पर्ने बाधात्मक अवस्थालाई परिबर्तनको निम्ती राष्ट्रिय युवा सम्मेलन २०१६ को आयोजना गर्न लागिएको हो । कुनै पनि देशको लागि युवा भनेको एक महत्वपूर्ण एवं परिबर्तनग्रामी शक्ति हुन्छ । देशमा भएको सबै प्रकारका परिबर्तनहरुमा युवाहरुको ठुलो देन हुन्छ र त्यस्ता शक्तिलाई देश बिकासको मूलधारमा ल्याउनु निकै चुनौतीपूर्ण हुन्छ तर देश बिकासको लागि यो निकै नै महत्वपूर्ण र अपरिहार्य छ ।

सकारात्मक सोच लाई व्यबहारमा परिणत गराई, आम युवाहरु लाई हातमा हात मिलाई आफ्नो श्रम शक्ति आफ्नै भुमिमा सदुपयोग गर्दे भोलीको पिढीका लागि असल सहि मार्ग निर्देश गर्न सक्षम र सवल बनाउन पर्छ भन्ने सन्देश दिन हरेक जिल्लाहरुवाट २ जना कर्मठ यूवाहरुलाई सहभागी गराई उनीहरुमा सकारात्मक सोचको बिकास गराउदै उद्यमशिलताको बिकास र व्यक्तित्व बिकास गराउनको लागि यस “राष्ट्रिय युवा सम्मेलन २०१६”को मुख्य उदेश्य हुन आउने कुरा परिषदको अध्यक्ष सरोज बानियाँले बताउनुभयो ।

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.