Our blogs
- Home
- Blogs
blogs
राष्ट्रिय युवा सम्मेलन २०१९ – काठमाण्डौ – घोषणा पत्र
राष्ट्रिय युवा सम्मेलन २०१९ – काठमाण्डौ – घोषणा पत्र
अन्तर्राष्ट्रिय युवा दिवस २०१९ को अवसरमा नेपाल युवा परिषदले “उद्यमी युवा समृद्ध देशः दिगो बिकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ मिति २०१९ अगष्ट १२ देखि १५ (२०७६÷४÷२७ देखि ३० गते) सम्म नेपालका ७७ वटै जिल्लाका २०४ जना युवाहरुद्धारा राष्ट्रको संबद्र्धन र युवा सशक्तिकरणका लागि निम्न सवालहरुलाई संबोधन गर्न राष्ट्रिय युवा सम्मेलन २०१९ – “काठमाडौँ घोषणा पत्र” जारी गर्दछ ।
१. ७७ जिल्लाका ७७ वटा सांस्कृतिक एवं पर्यटकीय स्थलहरुमा २७ सेप्टेम्बर २०१९ अर्थात “विश्व पर्यटन दिवस”२०१९ मा राष्ट्रिय स्तरको “बृहत सरसफाई कार्यक्रम” संचालन गर्ने र त्यसका लागि ३ तहका सरकारसंग आवश्यक सहकार्य गर्ने ।
२. अगष्ट १२ देखि १५, २०२० मा “Global Youth Conclave 2020” (GYC2020) आयोजना गर्ने र यस कार्यक्रममा १२० राष्ट्रका करिब ३०० जना १८ देखि ३० बर्ष उमेर समुहका युवाहरुलाई सहभागी गराउने र ७७ वटै जिल्लाका २०४ जना सम्मेलित ८ औं “राष्ट्रिय युवा सम्मेलन २०२०” अगष्ट १० देखि १२ सम्म आयोजना गर्ने ।
३. स्थानीय तथा प्रदेश सरकारको योजना तथा निति निर्माणमा युवाहरुको सहभागिता तथा भूमिका विषयमा स्थानीय तथा प्रदेश सरकारसंग संवाद गर्ने र त्यसको कार्यान्वयनका निम्ति सक्रिय रुपमा युवाहरुलाई परिचालन गर्ने । प्रदेश युवा निति यथाशिघ्र निर्माण गरी हरेक युवाहरुलाई अबन्वत्व हुने गरी कार्यन्वयनका लागि बिशेष पहल गर्ने ।
४. कृषिको आधुनिकीकरणका लागि युवाहरुको प्रत्यक्ष सहभागितामा बैज्ञानिक कृषि प्रणालीको प्रवद्र्धन गरि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषकहरुको जीविकोपार्जनका लागी पहल गर्ने र कृषि व्यवसायमा नेपाली युवाहरुलाई आकर्षण गर्ने गरी निति तथा कार्यक्रम बनाउन ३ तहकै सरकारसँग पहल गर्ने ।
५. असुरक्षीत वैदेशिक रोजगारप्रति युवाहरुलाई निरुत्साहित गरि आफ्नै स्थानीय स्तरमा उद्यमशिलताप्रति उत्प्रेरणा जगाई “आफ्नो ठाउँ आफैँ बनाउन” भनाईलाई सार्थक बनाउन ३ तहकै सरकारलाई ध्यानाकर्षण गराउने ।
६. बिशेष क्षमता भएका युवाहरुको स्वरोजगारका निम्ति प्राबिधिक तालिमहरुको संचालन गरि उनीहरुलाई सक्षम बनाई आर्थिक रुपमा पनि उनीहरुलाई सवल बनाउने गरी ३ तहकै सरकारहरुसँग बिशेष पहल गर्ने ।
७. हरेक प्रदेशमा रहेका प्राकृतिक एवं सास्कृतिक सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्ने तथा अस्तित्व संकटमा परेका पर्यटकिय महत्वका सांस्कृतिक र प्राकृतिक स्थलहरुको पुर्नउत्थानका लागी युवाहरुलाई प्रत्यक्ष सहभागि गराउने । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन केन्द्रिय सरकारलाई बिशेष सहयोग गर्ने र प्रदेश नं ३ सरकारको “Paradise Province 3” अभियानलाई सार्थक बनाउन १३ ओटै जिल्लाका युवाहरुलाई सक्रिय बनाउने गरी कार्य थालनी गर्ने ।
८. विश्बका वर्तमान वातावरणीय समस्याहरु जस्तैः तापक्रम बृद्धि, जलवायु परिवर्तन तथा अन्य प्राकृतिक विपत्हरुका बारेमा समुदायहरुलाई सचेत गराई स्थानीय स्तरबाटै यसको न्युनिकरणका लागि युवाहरुको अग्रसरतामा बिभिन्न प्रभावकारी योजनाहरुको निर्माण गरी त्यसको कार्यान्वयन गर्ने ।
९. स्थानीय स्तरबाटै लैंगिक समानताका निम्ति युवाहरुको भूमिका निर्धारण गरि समाज र राज्यद्वारा संचालित हरेक क्षेत्रहरुमा महिला र पुरुषको बराबर अर्थपूर्ण सहभागिताको सुनिश्चितता गराउन युवाहरुलाई सक्रिय रुपमा अगाडि बढाउने ।

MESSAGE FROM FOUNDER & PRESIDENT
With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.

Mr. Saroj Baniya Founder/President
Read more