Our blogs
- Home
- Blogs
blogs
Research On “Effective Youth Engagement In SDGs” को अध्ययन प्रतिवेदन हस्तान्तरण
Research On “Effective Youth Engagement In SDGs” को अध्ययन प्रतिवेदन हस्तान्तरण
आज नेपाल युवा परिषद् प्रदेश नं २ को तर्फ बाट सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साह ज्यु लाई Research on” Effective Youth Engagement in SDGs” को अध्ययन प्रतिवेदन हस्तान्तरण सम्पन्न भयो । उक्त अध्ययन प्रतिवेदन विश्व बन्यजन्तु कोष नेपाल (WWF Nepal), नेपाल युवा परिषद (Nepal Youth Council – नेपाल युवा परिषद). Clean Energy Nepal, Nepalese Youth for Climate Action (NYCA) को संयुक्त पहल कदमीमा नेपालभरिका करिब ३५० जना युवाहरुले उक्त अध्ययन प्रतिवेदनमा सहभागीता जनाएको थियो ।
जसमा नेपाल युवा परिषद प्रदेश नं २ का प्रदेश संयोजक श्रवण प्रसाद साह, बारा जिल्ला अध्यक्ष राजेश प्रसाद कुशवाहा, लुकमान खान लगायतको उपस्थितिमा हस्तान्तरण गरियो । दिगो विकास लक्ष्य प्राप्तीमा युवाहरुको सहभागीता महत्वपूर्ण छ र बिद्यालय तथा कलेज स्तरको किताबहरुमा दिगो विकास लक्ष्य सम्बन्धि जानकारी र लक्ष्यहरुको महत्व बारे समावेश गर्न सकेमा अझै प्रभावकारी हुने कुरा यस अध्ययन देखाएको थियो । युवाहरुको सहभागीता वातावरण संरक्षणमा समेत महत्वपूर्ण रहेको छ र तिनै तहका सरकारहरुले एक युवाहरु सम्मेलित फोरम तयार गरी उक्त फोरमले वातावरण संरक्षण र जलवायु परिवर्तन सम्बन्धित बिषयहरुमा आवज बुलन्द पारी निति निर्माणमा समेत सल्लाह सुझाव दिने कार्यमा पनि युवाहरुको सहभागीता अपरिहार्य रहेको देखिन्छ ।
यिनै बिषयहरुलाई सरकार, सरोकारवाला निकाय र युवाहरुलाई सुझाबहरु दिई यस अध्ययन रिपोट समेत हस्तान्तरण गरेका छौ । आगामी दिनहरुमा दिगो विकास लक्ष्य प्राप्तिमा, वातावरण संरक्षण एवं जलवायु परिवर्तन र युवाहरुलाई सामाजिक कार्यमा सहभागीता गराउने कुरामा प्रतिबद्ध रहेको र प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गरी आगामी दिनहरुमा थप रचनात्मक कार्य गर्ने गरी यस परिषद अगाडी बढिरहेको छ ।
MESSAGE FROM FOUNDER & PRESIDENT
With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.
Mr. Saroj Baniya Founder/President
Read more