Our blogs

blogs

कञ्चनपुर घटनाको विरोध सन्दर्भमा नेपाल युवा परिषदको प्रेस विज्ञप्ति

कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बलले गोली चलाएपछि नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटना प्रति नेपाल युवा परिषद स्तब्ध भएको छ ।

कञ्चनपुरको दुःखद घटनामा ज्यान गुमाउने गोविन्द गौतम प्रति श्रद्धाञ्जली, व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गदछौ । घटनाको उच्चस्तरीय न्यायिक छानवीन गरी दोषीलाई कारवाही गर्न हामी जोडदार माग गर्दछौं । उक्त घटनाको सत्यतथ्य बाहिर निकाल्न समेत ध्यानाकर्षण गर्दछौ ।

आदरणीय न्याय तथा राष्ट्र प्रेमी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, २०७३ फागुन २६ गते कंचनपुरको आनन्द बजारमा नेपालीहरुले कल्भट निर्माण गर्न लाग्दा गुगलम्यापले भारतको भुमि देखाएको भन्दै काम रोक्ने धम्की दिएपछि विवाद सुरु भएको अवस्थामा भारतीय सिमा सुरक्षा बल एसएसबी ले चलाएको गोली लागेर आफ्नै मातृभुमीमा नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको छ ।

नेपाली नागरिकलाई आफ्नै भुमिमा गोली प्रहार गरी मारिदा समेत सरकारले कुनै ठोस निर्णय गरी भारतीय पक्षसँग जवाफ माग्नु पर्ने अवस्थामा आफ्नो नागरिक मारिदा पनि मूकदर्शक बनी आफ्नै भुमिमा आफ्नै नागरिक मारिदा पनि प्रतिक्रिया बिहिन बनेको छ सरकार । सरकारले उक्त बिषयमा भारतीय पक्षसँग स्पष्ट जवाफ माग्नुपर्दछ र दोषीलाई पनि यथासिघ्र कारवाही गर्न र देशभक्ति नेपालीहरुको मनमा मलम लगाउने काम चाडै नै यो सरकार गर्नु पर्दछ ।

राष्ट्रप्रेमी जनताले देश जोगाउने गरेको कार्यप्रति सरकारले प्रशंशा गर्दै उक्त मृतक परिवाजनप्रति सहानुभुति प्रदान गरी अन्य देशभक्ति जनतालाई देशको आत्मरक्षा गर्नको निमित्त थप हौसला प्रदान गर्नुपर्दछ । यसरी आफ्नै सिमा मिचेको हेरेर कहिल्यै सम्म बस्ने नेपाली जनताहरु र यसको लागि निति निर्माणमा बसेका सम्पूर्ण आदरणीय व्यक्तिहरुलाई गम्भिर बन्न हार्दिक अनुरोध गदछौ र उक्त घटनाको सत्यतथ्य बाहिर निकाल्न समेत ध्यानाकर्षण गर्दछौ ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.