Our blogs

blogs

राजधानीमा “कनेक्टिङ युथ टु नेचर” नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिश्व वाताबरण दिवसको अवसर पारेर नेपाल युवा परिषदको आयोजनामा राजधानीमा “कनेक्टिङ युथ टु नेचर” नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवाहरुले वाताबरण संरक्षणको लागि दिनसक्ने योगदानको साथै वाताबरणको बिषयमा बिश्वभरि चलिरहेको कार्यक्रमहरुको बारेमा यस क्षेत्रमा सक्रिय युवाहरुसंग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा सोसियल एड्र्डेस नामक रिसर्च सेन्टरका डिरेक्टर पुण्य भण्डारीले सहभागिहरुलाई दिगो बिकासका उदेश्यहरुको बारेमा जानकारी गराएका थिए । उनले बिश्वको सामु चुनौतीको रुपमा रहेको मौसम परिवर्तन, बढ्दो तापक्रमको कारण र यसलाई कम कसरी गर्न सकिन्छ भन्ने बिषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा मिस टुरिजम जेनी आमात्यले पर्यटनको बिकास र यसमा देखिएको समस्या समाधानको बिषयमा चालिनुपर्ने कदमको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा वाइल्ड लाइफ फोटोग्राफरले ओम प्रसाद यादवले वाइल्ड लाइफ फोटोग्राफी सम्बन्धि चुनौती र यसको सम्भावनाको बारेमा अवगत गराए भने अमिशा पोखरेलले वन विज्ञानको बिषयमा सहभागिलाई जानकारी गराएकी थिइन् ।

यसैगरि कार्यक्रममा नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँज्युले नेपाल युवा परिषदको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । एसएमसिआरएफका प्रतिनिधी हेम प्रसाद कट्वालज्युले यस संस्थाले गर्ने कार्यहरुको बारेमा सहभागिहरुलाई अवगत गराएका थिए । कार्यक्रममा बिश्व वन्यजन्तु कोषका डेपुटि डिरेक्टर युगान मानन्धर र ग्रिन हुड नेपालका प्रतिनिधी रेगन सापकोटाले उनीहरुको वाताबरण सम्बन्धि बिषय र मौसम परिवर्तनको बिषयमा युवाहरुलाई कसरी सुसुचित आवद्ध बनाउन सकिन्छ भन्ने बिषयमा समग्रमा जानकारी गराएका थिए

कार्यक्रममा सहभागिहरुलाई नेपाल अटोमोवाइल एशोसिएशन फण्डका महासचिव गोविन्द भट्टराई र विश्व वन्यजन्तु कोषका डेपुटि डिरेक्टर युगान मानन्धरले प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रम वाताबरण, बनजंगल, पर्यटन आदि क्षेत्रमा अध्ययन गरिरहेका ३५ जना युवाहरुको सहभागि रहेको थियो ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.