Our blogs

blogs

राष्ट्रिय युवा सम्मेलन २०१७ को तयारी पुरा

नेपाल युवा परिषदले अगष्ट १२ देखि १४ सम्म राजधानीमा आयोजान गर्न लागेको राष्ट्रिय युवा सम्मेलन २०१७ को तयारी पुरा भएको छ ।

विगत ६ बर्षदेखि युवाको क्षेत्रमा काम गर्दै आइरहेको नेपाल युवा परिषदले आयोजना गर्न लागेको राष्ट्रिय युवा सम्मलेन २०१७ मा नेपाल भरिका ७५ जिल्लाबाट १८० जना युवाहरुको सहभागिता रहने भएको छ । युवा परिवर्तनका सम्वाहक र दिगो बिकास र शान्ति स्थापनका लागि युवा भन्ने नाराको साथ सम्मेलनको आयोजना हुन लागेको हो ।

देशभरिबाट युवाहरुलाई राजधानीमा ल्याएर उनीहरुलाई व्यक्तित्व बिकास, नेतृत्व बिकास र उनीहरुलाई उद्यमशिलताको बाटोमा लाग्नको निम्ती प्रेरित गर्ने हाम्रो उदेश्य रहेको छ । बिभिन्न आरोह र अवरोहलाई पार गर्दै चौथो राष्ट्रिय युवा सम्मेलन सम्म आइपुग्दा नेपाल युवा परिषद युवाहरुको आँखाको तारो बन्न सफल भईसकेको छ । सम्मेलनमा बिभिन्न क्षेत्रमा योगदान दिन सफल व्यक्तित्वहरुलाई ल्याएर उनीहरुको सफलताको कथाले युवाहरुलाई प्रेरित गर्दै आइरहेको नेपाल युवा परिषदले २०१७ मा भने बिश्वमाझ चर्चित युनाइटेड नेसनको दिगो बिकासका १७ वटा लक्ष्यहरुमाथि युवाहरुको ध्यानाकर्षण गर्ने उदेश्य राखेको छ । नेपालभरिका युवाहरुलाई खानबस्नको सुबिधासहित सम्मेलन आयोजना गर्नु एउटा गैरसरकारी संस्थाको लागि आफैमा ठूलो कुरा भईरहेको समयमा बिश्वको नै चासोको बिषय बन्न पुगेको दिगो बिकासका लक्ष्यहरुको अवधारणा यसमा समावेश गरेर युवाहरुलाई यसमा आफ्नो धारण सम्बन्धित पक्षहरु वा सरोकारवाल निकाय सामु राख्न दिनु यो सम्मेलनको अझ बलियो पक्ष बन्ने कुरामा आयोजकको बिश्वास रहेको छ ।

गैरसरकारी संस्था भएर पनि पहिलो पटक नेपालमा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने आँट नै नेपाल युवा परिषदको लागि कोशे ढुंगा सावित भएको थियो । अगाडि आएका समस्यालाई चुनौतीको रुपमा सामना गर्दै त्यसबाट अवसर खोज्दै यो परिषद ४० जिल्लामा शाखा खोली पाँच हजार भन्दा बढि युवाहरुको आशा बन्न सफल भएको छ । ८०० भन्दा बढि युवाहरुको आवेदनबाट आयोजकलाई १८० युवाहरु छान्न हम्मे हम्मे नै प¥यो । यो कुराले पनि हामीलाई युवाले कति बिश्वास गरेको छ भन्ने कुरा प्रष्टिन्छ । अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आयोजना हुन लागेको राष्ट्रिय युवा सम्मेलन आगामी अगष्ट १२ गते देखि अगष्ट १४ गतेसम्म आयोजना हुन लागेको हो ।

दिगो बिकासका लक्ष्यहरुले अनुमोदित गरेको नितिगत योजनाहरुलाई नेपालको सन्दर्भमा कसरी प्रयोगमा ल्याएर त्यसबाट कसरी नेपालको लागि फाइदा लिन सकिन्छ भन्ने बिषयमा सम्मेलनमा छलफल गर्ने साथै बिज्ञहरुले कार्यपत्र पेश गर्ने योजना रहेको छ । दिगो बिकासको लक्ष्यहरुको आधारमा नेपालका के कस्ता कार्यक्रमहरु संचालनमा ल्याउन सकिन्छ र संचालनमा ल्याएको खण्डमा नेपालमा पनि दिगो बिकासका लक्ष्यहरु प्राप्ति गर्न सकिनेछ भन्ने उदेश्य आयोजकको रहेको छ । युवाहरु परिवर्तनका सम्वाहक हुन त्यसकारण दिगो बिकासका लक्ष्य प्राप्तिको लागि आयोजना हुने हरेक कार्यक्रममा युवालाई समावेश गरेर उनीहरुलाई पुराना शैलीहरुलाई परिवर्तन गराउन सक्ने आधारको रुपमा उभ्याउन सकिन्छ भन्ने सन्देश सम्मेलनले दिने रहेको छ । सम्मेलनलाई सफल पार्नको निम्ती नेपाल युवा परिषदलाई सहयोग गर्दै आइरहेको बिभिन्न संघसंस्था साथै सहयोगी हातहरुलाई नेपाल युवा परिषदले कहिल्यै पनि बिर्सिने छैन । आगामी सम्मेलनको आयोजक नेपाल युवा परिषद रहेको छ भने रोटरी क्लब अफ मातृभुमि बालुवाटार सहआयोजकको रुपमा रहेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्य एवं युएनडिपी र बिश्व बन्यजन्तु कोषको मुख्य सहयोग रहेको छ । त्यसै गरि FOGG (फग), ओम सिमेन्ट, मेघा बैक, अनकन, नेपाल, नेपाल अटोमोवाइल एसोसिएसन नासा, मास्टरपिस एनवाईसि, स्प्यारो एसएमएस, हन्स, रोटरी क्लब अफ कपन, लायन्स क्लब अफ जिल्ला ३२५ ए टु, डिस होम, प्रभु बैक, खल्ती, मेरो जब्स, नेपाली कथानक चलचित्र संरक्षण, एनआईआईटी लगायत संघसंस्थाले आर्थिक तथा प्राबिधिक रुपमा सहयोग गर्ने भएको छ ।

८०० भन्दा बढि युवाहरुले दिएको आवेदन साथै पाँच हजार भन्दा बढी युवाहरुको आवद्धता नेपाल युवा परिषदको सफलताको ठूलो साक्षी सावित भएको छ । त्यसकारण राष्ट्रिय युवा सम्मेलन २०१७ लाई अझ भव्य र फलदायी बनाउन आयोजकलाई अझ मेहनत गर्न आवश्यक रहेको छ । आयोजकको बिश्वास रहेको छ विगतका सम्मेलनको तुलनामा २०१७ को सम्मेलनले नेपाल युवा परिषदलाई तमाम नेपाली युवाहरुमाझ चिनाउन अझ राम्रो र ठूलो भुमिका खेल्नेछ । जस्को परिणामले नेपाल युवा परिषदको लक्ष्य तर्फ पुग्नको निम्ती अर्को एक सिँढी थप्ने कार्य गर्दछ ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.