Our blogs

blogs

नेपाल युवा परिषदका संस्थापक एवं अध्यक्ष सरोज बानियाँ ग्लोबल पिस नेपालका प्रतिनिधिमा नियुक्त

काठमाण्डौं । युवाका क्षेत्रमा लामो समय देखि क्रियाशिल भई कार्य गर्दै आईरहेका सरो बानियाँ ग्लोबल पिसका नेपाल प्रतिनिधिका रुपमा नियुक्त भएका छन् । बानियाँ नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष रुपमा समेत कार्यकारत छन् । बानियाँ मास्टरपिस एनवाईसीका टिम लिडरको रुपमा समेत काम गर्दै नेपाली युवाहरुलाई सशक्तिकरण गर्दै आईरहेका छन् ।

ग्लोबल पिसको नेपाल लगायत अष्ट्रेलिया, सुजरल्याण्ड, पेरु, जाम्बीया, सर्बिया, ब्राजिल, टूयूनिसिया, सेरालियोन, लक्जम्बर्क, ईराक, क्यामरुन, मेक्सिको, ताईवान, पानामा, इन्डोनेसिया, अजरबैजान, गाम्विया, लगायतका अन्य बिभिन्न देशहरुमा यसको आधिकारी प्रतिनिधिहरु नियुक्त भई कार्य गर्दै आईरहेको छ ।

ग्लोबल पिसले हरेक बर्ष ग्लोबल पिस समिट आयोजना गर्दै संयुक्त राष्ट्र संघले लिएको लक्ष्य अर्थात दिगो विकास लक्ष्य प्राप्तीमा योगदान पुराउदै आएको छ । सन् २०२३ मा बानियाँ ग्लोबल पिस समिट २०२३ को बिज्ञ बक्ताको रुपमा आफ्नो महत्वपूर्ण धारण राख्दै सम्बोधन समेत गरेका थिए । त्यसै गरी ग्लोबल युथ समिट २०२४ समेत आयोजना गरी विश्वभर छरिएर रहेका युवाहरुको आवलाज बुलन्द पार्ने काम समेत गर्दै आईरहेको छ । वाटर फोरम, वुमन्स फोरम, एजुकेशन फोरम, मानव अधिकार फोरम, बालबालिका फोरम जस्ता दर्जनौं फोरमहरुको आयोजना गरी बिषयगत समस्या, अवसर र चुनौतीका बिषयमा समेत विश्वका बिभिन्न तह र तप्कामा नेतृत्व गरिरहेका व्यक्तिहरुलाई उपस्थित गराई कार्यक्रमहरु गर्दै आईरहेको छ ।

ग्लोबल पिसले ईन्टर जेनेरेशनल डाईलग अर्थात अन्तर पुस्ता सम्बाद तथा छलफल कार्यक्रम समेत आयोजना गरी शान्ति तथा स्थायीत्व कायम गर्नको लागि समेत कार्य गर्दै आईरहेको छ । साथसाथै ग्लोवल पिस वातावरण सम्बन्धि कार्यशाला आयोजना गरी जलवायु परिवर्तन सम्बन्धि र यसका रोकथामका लागि युवा पक्तिलाई अग्रसर गराउने काम समेत ग्लोबल पिसले गर्दै आईरहेको छ ।

बानियाँ बिगत ढेड दशक देखि युवाको क्षेत्रमा कार्य गर्दै आईरहेका छन् । बानियाँका नेतृत्वमा अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दै आईरहेका छन् भने प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरी ७ वटै प्रदेशका युवाहरुलाई उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्ति र स्थानीयकरण, युवा र निर्वाचन, सूचनाप्रविधि लगायतका बिषयहरुमा कार्य गर्दै आईरहेका छन् । साथै बानियाँकै नेतृत्वमा सन् २०१९ र २०२३ मा एशियाली राष्ट्रहरु सम्मेलित एशियन युवा सम्मेलन समेत आयोजना गर्न सफल भईसकेका छन् ।

सन् २०२३ मा संयुक्त राष्ट्र संघले आयोजना गरेको इकोसक युथ फोरम २०२३ मा नेपाललाई प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघको मुख्यालयमा सहभागी समेत भएका थिए ।

पछिल्लो समय बानियाँले सन् २०२५ लाई नेपाल सरकारकै अगुवाईमा राष्ट्रिय युवा बर्ष २०२५ मनाउनु पर्छ र पचासौं हजार युवाहरुलाई बिभिन्न तालिम तथा प्रशिक्षण दिने गरी मनाउनु पर्छ भन्ने कुरालाई जोडजोडका साथ उठाईरहेका छन् । 

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.