पहिलो चरण (𝐅𝐢𝐫𝐬𝐭 𝐒𝐭𝐞𝐩): नेपाल युवा परिषदबाट जारी भएको “राष्ट्रिय युवा सम्मेलन २०२५” को आधिकारिक अनलाइन फारम भर्नुपर्नेछ ।

दोस्रो चरण (𝐒𝐞𝐜𝐨𝐧𝐝 𝐒𝐭𝐞𝐩): नेपाल युवा परिषदले ईमेल वा WhatsApp वा म्यासेजबाट जानकारी गराएपछि मात्र स्थानीय तहको सिफारिस पत्र ईमेल मार्फत आयोजकलाई पठाउनु पर्नेछ । जो जो व्यक्तिहरूलाई सिफारिस पत्र माग गरिएको हुन्छ त्यस व्यक्तिले मात्र सिफारिस पत्र पठाउनु पर्नेछ ।
NYC.NationalYouthConference@gmail.com – नेपाल युवा परिषदको बाट आएको ईमेल मात्र आधिकारी हुनेछ ।

तेस्रो चरण (𝐓𝐡𝐢𝐫𝐝 𝐒𝐭𝐞𝐩): नेपाल युवा परिषदले छनोटमा परेका आवेदनकर्तालाई ईमेल वा WhatsApp वा म्यासेजबाट छनोट भएको आधिकारिक जानकारी गराए पछि अनिवार्य रुपमा सहभागिता बापतको शुल्क रु. २२२२ तोकिएको अनलाइन माध्यमबाट भुक्तानी गर्नुपर्नेछ । यो समयावधि मात्र ७ दिनको हुनेछ । यदि छनोट भएको जानकारी गराएको ७ दिन भित्र सहभागिता शुल्क नबुझाएमा स्वतः सहभागिताको अवसर अर्का युवालाई जानेछ ।
नोटः सहभागिता बापतको शुल्क रु. २२२२ फिर्ता हुनेछैन र अर्का व्यक्तिको सहभागिता शुल्कमा समेत समावेश गराइनेछैन ।

चौथो चरण (𝐅𝐨𝐮𝐫𝐭𝐡 𝐒𝐭𝐞𝐩): राष्ट्रिय युवा सम्मेलन २०२५ मा निम्नलिखित कुराहरू सहित सहभागिता हुन आउने ।
१. स्थानीय तहको सक्कल सिफारिस पत्र प्रिन्ट,
२. सहभागिता बापतको शुल्क रु. २२२२ भुक्तानी गरेको प्रमाण प्रिन्ट,
३. कम्तिमा ५ प्रजातिका तपाईँको स्थानीय तहमा पाइने रैथाने बिउबिजन,
४. तपाईँको स्थानीय तहमा पाइने नबिग्रने प्रकारका खानाका परिकार र सांस्कृतिक भेषभुषा यो “युवा सांस्कृतिक साँझ” को लागि ।
नोटः यी माथि उल्लेखित कुराहरू लिएर आउन नसक्ने युवाहरूलाई राष्ट्रिय युवा सम्मेलन २०२५ मा सहभागिता गराउन सकिनेछैन ।
