Our blogs

blogs

२३ र २४ भदौको जेन–जी विद्रोहबारे कार्की आयोगको प्रतिवेदनमा के छ ? (पूर्ण पाठ)

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई तीनदेखि १० वर्षसम्म कारवाही सिफारिस गरेको छ ।

आयोगले सरकारलाई कारवाही सिफारिससहितका ९०७ पृठको प्रतिवेदन बुझाएको छ । तर सार्वजनिक गरेर कार्यान्वयन गर्नेबारे सरकार अलमलमा परिरहेको बेला मंगलबार प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रतिवेदनमाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङसहितलाई कारवाही सिफारिस गरेको छ ।