Our blogs

blogs

के हो भीजिट सुदुरपश्चिम अभियान

By Nepal Youth Council(NYC)

के हो भीजिट सुदुरपश्चिम अभियान

“भीजिट सुदुरपश्चिम” नेपाल युवा परिषद सुदुुरपश्चिम प्रदेशका युवाहरुले चालेको दिर्घकालिन साझा अभियान हो । यस अभियानको मुख्य उदेश्य भनेको सुदुरपश्चिम प्रदेशमा रहेका पर्यटकिय क्षेत्रको पहिचान, प्रवर्धन र विकास गर्नका लागि विभिन्न माध्यमबाट प्रचार—प्रसार गरी देश सँगै विश्वमा फैलाई पर्यटकीय प्रचुर सम्भावनाहरुको विकास गर्नु हो । यो अभियान सुदुरपश्चिमका युवाहरुले २०७५ सालबाट सुरु गरेका हौ । नेपाल युवा परिषद केद्रिय समितिले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलन २०१८ मा सुदुरपश्चिमबाट सहभागि युवाहलाई आआफ्नो प्रदेशमा रहेका सम्भावनाहरुको खोजि गरि हामीलाई योजना बनाउन दिईएको थियो, हामीले सातवटा योजना प्रस्तुत गरेका थियौं जसमध्ये एक योजना छनोटमा परेको थियो जुन “सुदुरपश्चिममा रहेका पर्यटकिय क्षेत्रको पहिचान, प्रवर्धन र विकासका लागि प्रचार प्रसार गर्न” थियो । जसमा नेपाल युवा परिषदको सहकार्य र आर्थिक सहयोग कोकाकोला कम्पनिबाट प्रत्येक प्रदेश लाई ७५००० सिड मनि पाएका थियौ । हुन त यो सिड मनि सामान्य नै छ तर पनि यसले हामीलाई सुदुरपश्चिमा पर्यटकिय क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ । सोहि अनुरुप सुदुरपश्चिम प्रदेश अन्तरगत पर्ने ९ ओटै जिल्लामा रहेका पर्यटकिय सम्भावना बोकेका क्षेत्रको पहिचान सँगै विभिन्न माध्यमबाट यो अभियान अगाडि बढिरहेको छ ।

प्रचुर पर्यटकिय सम्भावना बोकेको सुदुरपश्चिम प्रदेशमा रहेका पर्यटकिय क्षेत्रको पहिचान नहुनु हामी सुदुरपश्चिम बासिका लागी कमजोरीको विषय वनेको छ । नेपालका सातै प्रदेश मध्ये सबैभन्दा भौगौलिक रुपले धनि प्रदेशका रुपमा छ, तराईका समतल फाँट (अन्नको भण्डार), पहाडका मनै लोभ्याउने ति झागिएका वनजंगल र सधै मुस्कुराईरहने सेताम्मे हिमालहरु जसले गर्दा आज यहाँ सम्म छौ तर हामीले अझैसम्म चिन्न सकेका छैनौ, जसका लागि अझै पनि परिवर्तनको विगुल सँगैको कार्य भैराखेको छैन । जुन आजको समयमा अति आवश्यक हो ।

सुदुरपश्चिमका पर्यटकिय सम्भावनाको बारेमा आन्तरीक र बाह्य स्तरमा प्रचार—प्रसार गरी प्रदेशलाई समृद्ध बनाउने हाम्रो जमर्को हो । यो अभियान नेपाल युवा परिषदको मात्र होईन, सुदुरपश्चिमका सम्पुर्ण जनताको रुपमा हामीले लिएका छौ ।

“भीजिट सुदुरपश्चिम” जुन नेपाल युवा परिषद सुदुरपश्चिमले चालेको अभियानका बारेमा नेपाल सरकार पर्यटन मन्त्रालयका साथै सुदुरपश्चिमको प्रदेश सरकारका सबै सरोकारवाला निकायहरुलाई जानकारी गराई एक चरणको कार्य सम्पन्न गरीसकेका छौ । सुदुरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयको सहकार्यमा हामीले यो अभियानलाई अगाडि बढाईरहेका छौ । यो अभियानले पर्यटकिय क्षेत्रको प्रचार सँगै दिगो विकासका लक्ष्यहरुलाई प्राप्ति गर्नमा पनि महत्वपुर्ण भुमिका खेलिरहेको छ । दिनप्रतिदिन विकराल बन्दै गईरहेका समस्याहरु जलवायुमा देखिदै गईराखेको नकारात्मक परिवर्तन, गरिवि, बेरोजगारी, अशिक्षा, हिंसात्मक कार्य, यस्तै विभिन्न सामाजिक समस्याहरुलाई समाधानका लागि यो अभियानले सकारात्मक प्रभाव पारीरहेको छ । अबको युगमा प्रदेशलाई बलियो बनाउनमा एक अब्बल ईटाको काम गर्नमा हामीलाई विश्वास छ ।

दोस्रो चरणमा सुदुरपश्चिमको पर्यटकिय गन्तव्यहरुको पहिचान गरी ति गन्तव्यहरुलाई सुचिकृत गरी वेबसाईटमा प्रकाशन गरी उक्त गन्तव्यहरुलाई समाबेश गरी करिब २० देखि २५ मिनेटको भिडियो निर्माण गरीदैछ ।

“भीजिट सुदुरपश्चिम” अभियानले गर्न क्रियाकलाप र यसबाट हुने फाईदाहरु ः

सुदुरपश्चिम प्रदेशमा रहेका पर्यटकिय क्षेत्रको पहिचान गर्ने,

पहिचान भएका क्षेत्रहरुको प्रवर्धनका लागि सोहि ठाउँका स्थानिय युवा र स्थानिय सरकार सँग सम्वन्य गर्ने,

पहिचान भैसकेपछि दिर्घकालका लागि आईटिनरी निर्माण गर्ने,

९ ओटै जिल्लाका युवाहरुलाई प्रतिनिधित्व गराएर सुदुरपश्चिम प्रदेशमा रहेका पर्यटकिय क्षेत्रका बारेमा जानकारी दिन यो अभियानमा अग्रसरताका लागि प्रदेश युवा सम्मेलन गर्ने,

स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्न,

पर्यटकिय सम्भावनाको देश विदेश प्रचार—प्रचार गर्ने,

सुदुरपश्चिममा भीजिट गर्ने आउने आन्तरिक र बाह्य पाहुना लाई मध्यनजर गर्दै पहिचान भएका क्षेत्रहरुका युवाहरुलाई विषेश तालिममा सहभागि गराएर सशक्त पार्ने

सुदुरपश्चिम प्रदेशलाई समृद्ध र सुन्दरपश्चिम बनाउनमा विषेश टेवा पुग्नेछ

                    भीमबहादुर साउँद केद्रिय सदस्य, नेपाल युवा परिषद

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.