Our blogs

blogs

युुवा उत्प्रेरणा कार्यक्रम सम्पन्न

By Nepal Youth Council(NYC)

युुवा उत्प्रेरणा कार्यक्रम सम्पन्न

परिवर्तनका लागि युुवा भन्ने मूूल नाराका साथ युुवा उत्प्रेरणा कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । राष्ट्रिय युुवा परिषद बाँके शाखाको आयोजना तथा राष्ट्रिय युुवा परिषद, नेपालको सहकार्यमा सो कार्यक्रम भएको हो । सो कार्यक्रममा सकारात्मक सोचको विकास, उद्यमशिलता, स्वालम्बीपन, युुवा नेतृत्वादायी विकासका बारेमा प्रमुख अतिथि राष्ट्रिय युुवा परिषद, नेपालका अध्यक्ष सरोज बानियाले युवाहरुलाई सहजीकरण गर्नुु भएको थियो ।

सो कार्यक्रममा स्वागत मन्तब्य राष्ट्रिय युुवा परिषद बाँके शाखाकामहासचिव बामदेव पोख्रेलले गर्नु भएको थियो भने राष्ट्रिय युुवा परिषद बाँके शाखाको अध्यक्ष सोम गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक दल बहादुुर सुनारले गर्नु भएको थियो । सो कार्यक्रममा ४० जना युुवाहरुको सहभागिता रहेको थियो । सो युुवा उत्प्रेरणा कार्यक्रममा सहभागी जिल्ला बाल क्लब सन्जालका अध्यक्ष श्वेता गुरुङ्ग, साहिल अन्सारी, सुमन केसी र चियर्स क्रियटिभ नेपालका अध्यक्ष सुुरेन्द्र चलाउनेले यस्तो कार्यक्रमले युुवाहरुमा सकारात्मक सोचको विकास हुुने बताएका थिए ।

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.