Our blogs

blogs

राष्ट्रिय युवा सम्मेलन २०१६ सम्पन्न (फोटो फिचरसहित)

By Nepal Youth Council(NYC)

राष्ट्रिय युवा सम्मेलन २०१६ सम्पन्न (फोटो फिचरसहित)

राष्ट्रिय युवा परिषद, नेपालको आयोजनामा ३ दिन सम्म संचालन भएको राष्टिय युवा सम्मेलन २०१६ भब्यताको साथ सम्पन्न भएको छ ।

अन्र्तराष्ट्रिय युवा दिवस २०१६ को अवसरमा बिश्व नेतृत्वमा युवा भन्ने नाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१६ को आयोजना गरिएको हो । माननीय युवा तथा खेलकुद मन्त्रीले उद्घाटन गरेको उक्त सम्मेलन ३ दिन सम्म राजधानीमा संचालन भई शुक्रबार सम्पन्न भएको थियो ।

७३ ओटा जिल्लाहरुबाट १६४ जना युवाहरुको सहभागीतामा राजधानीमा ३ दिन सम्म बिभिन्न बिषयहरुमा बिभिन्न व्यक्तिहरुले बिभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरी बिभिन्न बिषयहरुको जानकारी गराएका थिए ।

सम्मेलनमा बिभिन्न राजनैतिक पार्टिका युवा नेताहरुले पनि नेपाली युवा र राजनैतिक बिचको सम्बन्धको बारेमा जानकारी गराएका थिए । नेकपा एमालेबाट युवा नेता एवं सबिधान सभाको सदस्य एवं बिकास समितिको सभापति रबिन्द्र अधिकारी, नेपाल परिबार दलको नेता एवं सबिधान सभाको सदस्य मिलनराज बंशी, मालेको नेता एवं सबिभान सभाको सदस्य अईन्द्र सुन्दर नेम्वाङ्ग, नेपाली काग्रेसबाट मान बहादुर न्यौपाने लगाएको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनमा समाजमा योगदान पु¥याउने बिभिन्न व्यक्तिहरु उत्तम संजेल, महाबिर पुन, सबिता उप्रेती, मिलन राई, संजय पण्डित र रुक्सना कपाली लगाएतका व्यक्तिहरुसँग सामाजिक नेतृत्वको बारेमा सहभागीहरुसंग अन्र्तक्रिया भएको थियो ।

त्यसै गरी बिभिन्न युवा संस्थाहरुको अध्यक्षहरुको उपस्थितिमा युवाहरुको क्षेत्रमा के र कस्ता खालको काम गर्न सकिन्छ भनि सहभागीहरु सँग छलफल गरेका थिए । यस सेसनमा आयोनको अध्यक्ष ब्रमिम कुमार केसी, युवा अभियानको अध्यक्ष अब्दुस मिया, दलित युथ एलाईन्सको अध्यक्ष चेत नारायण रसाइली र गैसस एनजिओ युवा फ्रेड्रेसनको अध्यक्ष कमल सुबेदी लगाएतको व्यक्तिहरुको उपस्थिति थियो ।

दोस्रो दिन अमेरिकामा रहेको युवाहरु संग अनलाईनबाट नेपालमा आगामी दिनमा कुन क्षेत्रमा कार्य गर्न सकिन्छ भनी छलफल गरी आगामी दिनमा शैक्षिक क्षेत्रमा कार्य गर्ने कुराको निश्र्कष निकाली उक्त अनलनईको छलफल कार्यक्रम सम्पन्न पछि उद्यमशीलताको बिषयमा नेपाली युवा उद्यमी मंचबाट युवा उद्यमीहरुको सहभागीतामा युवा र उद्यमशिलताको बिषयमा व्यापक छलफल भई उक्त क्षेत्रमा रहको चुनौती र सम्भाबानाको बिषयमा पनि छलफल भएको थियो । यस सेसनमा बाजेको सेकुवाको प्रबन्ध निर्देशक चेतन भण्डारी, कारखानाको प्रमुख कार्यकारी अधिकृत पबित्रा गौतम र फ्रेस स्नयाक्स प्रमुख कार्यकारी अधिकृत बिशा बलामीको उपस्थिति थियो ।

त्यसै गरी सडक सुरक्षाको बिषयमा नासाका महासचिब गोबिन्द्र भट्टराईले आफ्नो प्रस्तुतीकरण दिएका थिए । र श्रम तथा रोजगार मन्त्रालयका उपसचिब जिबन कुमार राई र नेपालका लागि अन्र्तराष्ट्रिय श्रम संगठन को राष्ट्रिय परियोजना संयोजक सौरभ राम जोशीले बिशेष गरी रोजगार सुचना केन्द्रको बारेमा सहभागीहरुलाई जानकारी दिएको थियो ।

सुनौलो परिबार नेपालको निर्देशक संचार तथा मार्केटिङ्ग सत्यजित प्रदान र युवा कार्यक्रम संयोजक निलिमा राउतले “Youth Sexual Reproductive Health and Family Planning” को बिषयमा सहभागीहरुलाई जानकारी दिएका थिए ।

तस्रो दिन नेकपा एमालेको नेता प्रदिप ज्ञवाली र अन्र्तराष्ट्रिय सम्बधको प्राध्यपक प्रेम खनालको उपस्थितिमा अहिलेको परिस्थितिमा नेपालको अन्र्तराष्ट्रिय सम्बन्ध बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरी सहभागीहरुलाई नेपालले अन्र्तराष्ट्रिय सम्बन्ध कायम राख्नलाई गर्नु पर्ने कार्यहरुको बारेमा पनि जानकारी दिएका थिए ।

उद्योग बाणिज्य महासंघको अध्यक्ष पशुपति मुराक्कासंग पनि उद्योग बाणिज्य महासंघको हलमा करिब २ घण्टा सम्म नेपालको उद्योग व्यवसायको अवस्थाको बारेमा छलफल गरेको थिए ।

अन्र्तराष्ट्रिय मेटिभेसनल स्पिकर रंजित आचार्यले सहभागीहरुलाई थप प्रेरणा दिनलाई बिभिन्न कुराहरुको जानकारी अडियो भिडीको माध्यमबाट आफ्नो प्रस्तुतीकरण दिएका थिए । सहभागीहरुमा रहेको केही भ्रमहरु तोडी उनीहरुलाई थप हौसला दिनलाई बिभिन्न कुराहरु शेयर गरेका कुराको जानकारी राष्ट्रिय युवा परिषद, नेपालको अध्यक्ष सरोज बानियाँले गरेका थिए ।

राष्ट्रिय युवा परिषद, नेपालको यो तेस्रो राष्ट्रिय युवा सम्मेलन हो र यसै गरी सन् २०१७ मा पनि राष्ट्रिय युवा सम्मेलन गरी ७५ ओटै जिल्लाहरुबाट युवाहरु सहभागी गराई थप युवाहरुलाई पनि प्रेरण दिने कुराको जानकारी राष्ट्रिय युवा परिषद, नेपालको केन्द्रिय कार्यक्रम संयोजक शुर्दसन बिडारीले बताउनु भयो ।

यस सम्मेलनको आयोजना राष्ट्रिय युवा परिषद, नेपालले गरेको हो भने सह आयोजकको रुपमा एशियन इन्सिटिच्युट अफ डिपलोम्यासी एण्ड ईन्टरनेशनल अफिर्यस रहेको छ भने अनकन मुख्य प्रायोजनमा रहेको छ भने, सहयोगी संस्थाहरुमा अन्र्तराष्ट्रिय श्रम संगठन आईएलो, सुनौलो परिवार नेपाल, किग्सं कलेज, मेघा बैकं नेपाल, नासा, मास्टर पिस, ई प्रेस, शुभ मिडिया ग्रुप प्रालि., हिमालयन अनलाईन सभिर्सेस, स्प्यारो एस. एम. एस रहेको थियो ।

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.