Our blogs

blogs

BLACK FUNGUS बारे जानकारी

By Nepal Youth Council(NYC)

BLACK FUNGUS बारे जानकारी

कोभिड १९ का संक्रमित भईसकेका विरामीहरुमा Black Fungus वा म्युकरमाईकोसिस नाक, पिनास, आँखा र दिमाग मा फैलिएर त्यस भागलार्ई असर गर्ने समस्या देखिएको छ । कोभिड संक्रमण पश्रात Black Fungus वा म्युकरमाईकोसिसका असरका कारणले मित्र राष्ट्र भारत लगाएत बिभिन्न मुलुकहरुका मानिसहरुलाई हैरानी खेपिरहनुपरेको छ । Black Fungus बारे जानकारी

 Black Fungus कसलाई कस्तो अवस्थामा हुन्छ?
 कोभिड संक्रमण दौरान क्तभचयष्म औषधिहरु जस्तै डेक्सामिथाजोन, मिथाईल प्रेडनिसोलोन ईत्यादी को साईड ईफेक्ट को कारण ।
 कोभिड संक्रमित विरामीलाई अक्सिजनमा लामो समय सम्म आइसीयूमा राखे पश्रात ।
 डाईवेटीज राम्रो सँग नियन्त्रण हुन नसकेका बिरामीहरुमा ।
 कैंसर, किड्नी ट्रांसप्लान्ट ईत्यादिको लागीऔषधि लिईरहेका व्यक्तिलाई ।

  •  Black Fungus संक्रमणमा हुने लक्षणहरु
  •  अनुहारको एक तर्फमात्र दुखाई हुने, सून्निने वब छुँदा छोएको महसुस नहुने ।
  •  दाँत दुख्ने, हल्लिन थाल्ने वा चपाउदा दुख्ने ।
  •  बान्ता वा खकारमा रगतको फिँज आउने ।
  •  आँखा रातो हुने, सुन्निने ।

 Black Fungus भएमा के गर्ने?माथि उल्लेखित कुनै पनि लक्षणहरु भएमा नजिकको सरकारी अस्पताल वा विशेषज्ञ डाक्टर (नाक कान घाटी, आँख मेडिसिन, चेष्ट वा प्लाष्टिक सर्जरी विशेषज्ञ) लाई तुरन्त देखाई उपचार गर्नु पर्छ ।

 Black Fungus मा अपनाउनु पर्ने सावधानी
 स्वयं वा कुनै गैह्र विशेषज्ञ डाक्टर, मित्र वा परिवार सदस्यको सुझावमा स्टेरोईड युक्त औषधि सुरु नगर्ने ।

 स्टेरोईडको प्रयोग विशेषज्ञ डाक्टरहरुको परामर्शमा संक्रमण भएपछि केहि दिनको लागी मात्र प्रयोग गर्ने गरिन्छ । गम्भिर प्रकृतिका विरामीहरुलाई मात्र दिईने हुँदा औषधि शुरुगर्नु पुर्व धेरै जाचहरुको आवश्यकता पर्दछ ।

 लक्षण आउनु पुर्व नै स्टेरोईड औषधिको प्रयोग गर्नाले अन्य धेरै औषधिहरुका नकरात्मक परिणामहरु भई संक्रमित विरामीलाई प्रतिकुल असर गर्न सक्दछ ।

 उपचार सुरु हुनुपुर्व संक्रमित व्यक्तिले आफुले प्रयोग गरिरहेको औषधिमा स्टेरोईड पनि छ वा छैन एकिन गर्ने र विशेषज्ञको नियमित सम्पर्कमा रहनु पर्दछ ।

 यस जानकारी आफुमा मात्र सिमित नराखौँ । आफ्नो सबै साथिभाइ तथा परिवारमा पनि Share गरौँ र धेरै भन्दा धेरैलाई जानकार गराई  Black Fungus वा म्युकरमाईकोसिसको जोखिमबाट बचाऔँ ।

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.