११ बुँदे धनगढी घोषणा पत्र जारी गर्दै प्रदेश युवा सम्मेलन धनगढीमा सम्पन्न
युवाहरुलाई आफनै देशमा उद्यम गर्न वातावरण सृजना गर्नु पर्नेमा जोड
सोम गुरुङ, धनगढी २ जेष्ठ ÷ उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ शुरु भएको प्रदेश युवा सम्मेलन ११ बुँदे धनगढी घोषणा पत्र जारी गर्दै जेष्ठ २ मा सम्पन्न भएको छ । नेपाल युवा परिषदले पहिलो पटक सुदुरपश्चिम प्रदेशमा यो सम्मेलन आयोजना गरेको थियो । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री माननीय कृष्णराज सुवेदीले गर्नुभएको थियो ।

दुई दिन सम्म चलेको सो सम्मेलनमा सहभागि युवाहरुलाई पर्यटन, सुचना प्रबिधि, दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उद्यमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईएको थियो । दोश्रो दिन सुदुरपश्चिम प्रदेशका युवाहरुले आफनो प्रदेशमा युवाको क्षमता विकासको लागि कार्ययोजना बनाएका थिए । यस प्रदेश युवा सम्मेलनमा जारी गरिएको ११ बुँदे धनगढी घोषणा पत्र र कार्ययोजनालार्ई प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखलार्ई शुक्रवार नै बुझाई सकेको जनकारी नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले जानकारी दिनुभएको थियो । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाको २२० बढी युवाहरुको सहभागिता रहेको नेपाल युवा परिषद सुदुरपश्चिम प्रदेशका संयोजक बसन्ती सापकोटाले जानकारी दिनु भयो ।









