Our blogs

blogs

११ बुँदे धनगढी घोषणा पत्र जारी गर्दै प्रदेश युवा सम्मेलन धनगढीमा सम्पन्न

११ बुँदे धनगढी घोषणा पत्र जारी गर्दै प्रदेश युवा सम्मेलन धनगढीमा सम्पन्न

युवाहरुलाई आफनै देशमा उद्यम गर्न वातावरण सृजना गर्नु पर्नेमा जोड
सोम गुरुङ, धनगढी २ जेष्ठ ÷ उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ शुरु भएको प्रदेश युवा सम्मेलन ११ बुँदे धनगढी घोषणा पत्र जारी गर्दै जेष्ठ २ मा सम्पन्न भएको छ । नेपाल युवा परिषदले पहिलो पटक सुदुरपश्चिम प्रदेशमा यो सम्मेलन आयोजना गरेको थियो । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री माननीय कृष्णराज सुवेदीले गर्नुभएको थियो ।

दुई दिन सम्म चलेको सो सम्मेलनमा सहभागि युवाहरुलाई पर्यटन, सुचना प्रबिधि, दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उद्यमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईएको थियो । दोश्रो दिन सुदुरपश्चिम प्रदेशका युवाहरुले आफनो प्रदेशमा युवाको क्षमता विकासको लागि कार्ययोजना बनाएका थिए । यस प्रदेश युवा सम्मेलनमा जारी गरिएको ११ बुँदे धनगढी घोषणा पत्र र कार्ययोजनालार्ई प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखलार्ई शुक्रवार नै बुझाई सकेको जनकारी नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले जानकारी दिनुभएको थियो । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाको २२० बढी युवाहरुको सहभागिता रहेको नेपाल युवा परिषद सुदुरपश्चिम प्रदेशका संयोजक बसन्ती सापकोटाले जानकारी दिनु भयो ।