Our blogs

blogs

बैदेशिक रोजगारबाट फर्किएकालाई सम्मानको दृष्टिले हेर्नु पर्नेमा जोड

“लैङ्गिक समानताका लागि पाइला हाराहारी, सन २०३० सम्म हिस्सा बराबरी” संविधानलाई ब्यवहारमा उतारौ. महिला अधिकार सुनिश्चित गरौं भन्न्ने नाराको साथ मनाउन लागेको १०६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय युवा परिषद, बाँके शाखाको आयोजना तथा साथी संस्था, सशस्त्र हिसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण कार्यक्रम÷यूएनडिपी, बनकटवा गाविस, फातिमा फाउण्डेशन बाँकेको संयुक्त आयोजनामा बनकटवा गाविसमा बैदेशिक रोजगारबाट फर्किएका महिलाको अवस्था र समाजले हेर्ने दृष्टिकोणमा सरोकारवालको भुमिकामा विषयमा अन्तरक्रिया सम्पन्न भयो ।

सो अन्तरक्रियामा बनकटवा गाविसमा महिला र पुरुष गरि ७० जनाको सहभागिता रहेको थियो । सशस्त्र हिसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण कार्यक्रम÷यूएनडिपीका सोम डेमनडौराले समुदायमा शान्ति स्थापना गर्न सुमदायको नै प्रमुख भुमिका हुने हुनाले समुदायमा कहि कतै हिंसा भयो भने प्रहरीलाई जानकारी दिनु पर्ने र तुरुन्त समाधानको दिशातर्फ अगाडि बढ्नु पर्ने बताउनु भयो । त्यसै गरी प्रमुख अतिथि बनकटवा गाविसका सचिव दिपक पौडेलले बिदेशमा गएर फर्किएका महिलाहरुलाई समाजले सम्मानको दृष्टिले हुर्नु पर्ने र राज्यले पनि स्वदेशमा नै रोजगारको ब्यवस्था मिलाई दिनु पर्ने धारणा राख्नु भयो । त्यसै गरि गाविसका हरेक अभियान जस्तै खुला दिसामुक्त क्षेत्र घोषण, खोप अभिायनलाई सफल पार्न महिलाहरुको ठुलो योगदान रहको बताउनु भयो ।

सोही अवशरमा विदेशबाट फर्किएका रत्ना परियार र गणेश कुमार खत्रीले आपनो भोगाई,पीडा र अनुभुतिहरु र समाजले हेर्ने दृष्टिकोण बारे विचार राख्नु भएको थियो । महिला दिवशको अवशर पारेर बनकटवा गाविसमा रहेर महिला तथा बालबालिको क्षेत्रमा योगदान पुरयाउनु भएकाहरुलाई राष्ट्रिय युवा परिषद, बाँके शाखाले ५ जनालाई सम्मान पनि गरेको छ । सम्मान हुनेहरुमा महिला स्वयंसेविका मन्दिरा रिमाल, प्रहरी, पुजा शाही, शिक्षक सिर्जना केसी र संस्थागत रुपमा बनकटवा गाविस र साना किसान सहकारी संस्थालाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिको थियो ।

त्यसै गरि बासले पनि बालबालिका सहयोग कार्यक्रम अन्तर्गत बनकटवा गाविस वडा नं. ५ का होम बहादुर विकलाई रु.५ हजार आर्थिक सहयोग गरेको छ । राष्ट्रिय युवा परिषद, बाँके शाखाल अध्यक्ष सोम गुरुङ्गले समाजमा रहेर निस्वार्थ भावनाले समाजसेवा गर्दे आउनु भएका ब्यक्तिलाई पनि सम्मान गरिदाँ थप समाजका केहि सामाजिक कार्य गर्न हौशला थपिने हुनाले सम्मान गरिएको बताउनु भयो ।

सो अन्तरक्रियामा सुरक्षित बैदेशिक रोजगार, विदेशबाट फर्किएका महिलालाई कसरी समाजले सम्मानको दृष्टिले हेर्नु पर्छ ? भन्ने बारे साथी संस्थाका सुपरभाइजर शंकर न्यौपानेले सहजीकरण गर्नु भएको थियो । सो अन्तरक्रिया महिला सन्जाल, बनकटवाका अध्यक्ष मिना वलीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सन्चालन राष्ट्रिय युवा परिषद, बाँके शाखाका कार्यक्रम संयोजक दल बहादुर सुनारले गर्नु भएको महासचिव बामदेव पोख्रेलले जानकारी दिनु भयो ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.