Our blogs

blogs

नेपाल युवा परिषद अछाममा

By Nepal Youth Council(NYC)

नेपाल युवा परिषद अछाममा

नेपाल युवा परिषदको जिल्ला शाखा अछाममा अछामको सम्भाबना बोकेको क्रियाशिल युवा भिम बहादुर साउद अध्यक्षमा नियुक्ति भएको छ ।

जिल्ला शाखा अछाममा १३ सदस्यीय कार्यसमिति गठन भएको छ जसमा उपाध्यक्ष गोबिन्द्र कुँवर, सचिबमा पूर्ण बुढा, कोषध्यक्षमा यमेश्वरी ढुंगाना र सदस्यहरुमा हिरेन्द्र प्र. मुडवरी, नमराज भण्डारी, ईन्द्र ब. थापा, जिवन बुढा, गायात्री कुँवर, लोकसरा केसी, सुकेन्द्र साउँद, देवसरा बोगटी र निर्मला खड्का लगायतका रहेका छन् ।

अछाम जिल्ला कृषी पर्यटन लगायका क्षेत्रमा प्रचुर सम्भावना बोकेको जिल्ला भएता पनि यसको बिकास र यहाँ भएका बहुमुल्य जडिबुटीको पहिचान र प्रसोधन हुन नसकेकाले त्यसको पहिचान गर्ने, रामारोशन, खप्तड, बान्नीगढी, पञ्चदेवल, बैजनाथ लगायका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने र बिद्यमान बिभिन्न खाले कुप्रथाको अन्त्य गगर्नका साथै बेरोजगार युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने मुख्य उद्देश्य परिषदका रहेको छ । यस्तै नेपाल युवा परिषदले चाँडै अछाम जिल्लाका १० ओटै स्थानिय तहमा आफ्नो सञ्जाल बिस्तार गर्ने निर्णय समेत गरेको छ ।

सो क्षेत्रका लागी संयोजक र सह–संयोजक पनि तोकिएको छ । जसमा मंगलसेन नगरपालिकाका लागी लोकसरी केसी र देवसरा बोगटी, साँफेबगर नगरपालिकामा गायत्रि कुँवर, चौरपाटी गाउँपालीकाकालागी गोविन्द कुंवर, बान्नगढी जयगढ गाउपालीकाका लागि हिरेण्य प्रसाद मुडभरी, मेल्लेख गाउंपालिकाका लागी जिवन बुढा, रामारोशन गाउँपालिकाका लागि एकेन्द्र साउँद, कमलबाजार र बिनायक पञ्चदेवल नगरपालिकाका लागी ईन्द्र थापा एवम् तुर्माखाद र ढकारी गाउपालिकाका लागी पुर्ण बुढा रहेका छन् ।

नेपाल युवा परिषद एक बुशुद सामाजिक र गैरराजौतिक संस्था हो र यस परिषदले ४० भन्दा बढी जिल्लाका युवाहरुँग कार्य गर्दै आईरहेको छ र निकट भबिष्यमा सबै ७७ ओटै जिल्लामा यस परिषदको शाखा बिस्तार गरी जिल्ला कमिटिहरु निर्माण गर्ने कुराको जानकारी परिषदको अध्यक्ष सरोज बानियाँले बताउनुभयो ।

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.