Our blogs

blogs

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ हुने

By Nepal Youth Council(NYC)

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ हुने

नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपालभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन २०१९ आयोजना गर्न लागेको छ । पर्यटन (नेपाल भ्रमण बर्ष २०२०), ५० अण्डर ५० (लैंगिक समानता), दिगो बिकास लक्ष्य, युवा नेतृत्व, र युवा उद्यमशिलतालाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानी अगष्ट १०, ११ र १२ सम्म चल्नेछ ।

३ दिनसम्म चल्ने सम्मेलनमा २०४ जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ५० जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलनले एक समावेशीताको उदारण हुनेछ भन्ने कुरामा आयोजक बिश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ । विगतका बर्षहरुमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका युवाहरु आफ्नै स्थानीय तह वा आफ्नै जिल्लामा नै रही अध्ययन गरिरहेका वा व्यवसाय संचालन गरिरहेका वा सामाजिक रुपमा कार्यहरु गरिरहेका युवाहरुले मात्र राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागि हुन पाउनेछन् ।

https://youtu.be/pnL7v-VtLL0

उक्त सम्मेलनमा सहभागि हुन आउने युवाहरुले स्थानिय सरकारसंग सोही जिल्लामा अध्ययन गरि बसिरहेको हो भनि सिफारिस पत्र लिएर मात्र सम्मेलनमा सहभागि हुन पाउनेछ । प्रत्येक प्रदेशका सहभागिहरुले सम्मेलनमा सहभागि हुन आउनु भन्दा अगाडी पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती मुख्यमन्त्रीलाई बुझाउनुपर्नेछ साथै सम्मेलनमा सहभागि भई गए पश्चात् पनि सम्मेलनको घोषणापत्र र प्रेस विज्ञप्ती प्रदेशको मुख्यमन्त्री र स्थानीय निकायलाई बुझाउनेछन् । नेपाल युवा परिषदको ७ ओटै प्रदेशमा आफ्नो प्रदेश संयोजकहरु नियुक्ति भई कार्य गरिरहेका छन् ।

यसपटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १/१ स्टल दिईन्छ । जहाँ सहभागिहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने बिभिन्न सामाग्री प्रदर्शनको लागि राख्न पाउनेछन् । त्यो स्टल तिन दिनसम्म नै कार्यक्रम स्थलमा राखिनेछ । ३ दिनको अबधिभरि राखिने स्टलहरुमा प्रत्येक प्रदेशको संस्कृति, पर्यटन र भेषभुषालाई प्रवद्र्धन गर्नको निम्ति राखिने साम्रगीहरु सहभागिहरुले आफैले ल्याउनु पर्ने हुन्छ ।

सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना पनि गरिनेछ जहाँ सबै सहभागीहरुले अनिवार्य रुपमा आफ्नो जातिय पोसाकमा सहभागिता जनाउनु पर्नेछ । गत बर्ष झैँ यसपटक पनि प्रत्येक प्रदेशले बनाएको बिभिन्न कार्ययोजना मध्ये एक उत्कृष्ट कार्ययोजनालाई सिडमनी प्रदान गरिनेछ । सम्मेलनमा पर्यटन (नेपाल भ्रमण बर्ष २०२०), ५० अण्डर ५० (लैंगिक समानता), दिगो बिकास लक्ष्य, युवा नेतृत्व, र युवा उद्यमशीलतालाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।

विगत ७ बर्ष देखि युवाको नेतृत्व, उद्यमशिलता, दिगो विकासको लक्ष्य र व्यक्तित्व बिकासको क्षेत्रमा सक्रिय नेपाल युवा परिषदले सबै प्रदेशका युवाहरुलाई स्थानिय आर्थिक तथा सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका ल्याउने उदेश्यका राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा सहभागी युवाहरुले नेतृत्वदायी भुमिकामा आएर समाजका सकारात्मक परिवर्तनको लागि केही नयाँ कुरा सिक्नेछ भन्ने आशा नेपाल युवा परिषदले लिएको छ ।

नेपालको कुल जनसंख्याको करिव ४० प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन आवश्यक देखिन्छ तबमात्र केही परिवर्तन आउन सक्छ । युवा परिवर्तनको संवाहक हो भन्ने नाराको साथ काम गर्दै आईरहेको नेपाल युवा परिषदले हरेक बर्ष नेपाल अधिराज्यभरिबाट युवाहरुलाई राजधानीमा भेला गराई राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दैे आइरहेको छ । पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि सन् २०१७ मा ७४ जिल्ला र २०१८ मा ७७ वटै जिल्लाका २०४ जना युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको छ । साथै ७ ओटै प्रदेशमा युएनडिपी नेपालको सहकार्यमा एसडिजी फेस्टिबल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ती गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न पनि नेपाल युवा परिषद धेरै नै सक्रिय रहेको छ ।

सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १/१ ओटा योजनालाई कोका कोलासँगको सहकार्यमा रु.७५,००० सिड फण्ड उपलब्ध गराई हरेक प्रदेशमा योजना कार्यन्वयन भईरहेको छ ।

साथै यसै बर्ष हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिबृद्धि गरी उनीहरुलाई थप कृयाशिल बनाईनेछ । हरेक प्रदेशमा नेपाल युवा परिषदको करिब २०० जना भन्दा बढी सक्रिय सदस्यहरु रहेको छ ।

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.