Our blogs

blogs

राष्ट्रिय युवा सम्मेलन २०१७ भव्यताका साथ सम्पन्न

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा “शान्ति स्थापनाका लागि युवा र दिगो बिकासका लागि युवा” भन्ने नाराको साथ नेपाल युवा परिषदको आयोजनामा आयोजना भएको राष्ट्रिय युवा सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

नेपालभरिका ७४ जिल्लाबाट युवाहरुलाई राजधानीमा भेला गराएर दिगो बिकास र शान्ति स्थापनाको लागि कसरी युवाहरुलाई परिचालन गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल गरिएको उक्त सम्मेलनको उद्घाटन माननिय वाणिज्यमन्त्री मिन बहादुर विश्वकर्मा ज्युको हातबाट भएको थियो । तिन दिनसम्म चलेको सम्मेलनको उद्घाटन समारोहमा उपस्थित रहेका अतिथीहरुमध्ये युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव राम प्रसाद थपलियाले युवा र खेलकुदमा लगानि गर्न अति नै आवश्यक रहेको कुरा जानकारी गराएका थिए । उनले नेपाल युवा परिषदले आयोजना गरेको सम्मेलनबाट १५७ नयाँ सोच भएका युवाहरु बाहिर आउने बिश्वास पोखेका थिए । कार्यक्रममा बोल्दै वाणिज्य मन्त्री मिन बहादुर बिश्वकर्मा ज्युले नेपाल प्रचुर सम्भावना रहेको कारणले युवाहरुले आफुले आफुमा बिश्वास गरेर अघि बढ्न आवश्यक रहेका जानकारी गराएका थिए ।

सम्मेलनका आयोजक संस्थाका अध्यक्ष सरोज बानियाँ ज्युले गौतम बुद्धको देशलाई नेपाली युवाहरुले सिंगारे अझ सुन्दर बन्न सक्ने कुरा व्यक्त गरेका थिए । उनले उद्यमशिलता बिकास गर्ने प्रयत्न ७४ जिल्लाका युवाहरुलाई नेपाल सरकारको सहकार्यमा नृपाली युवाहरुलाई सरकारले आबश्यकीय भुमिका खेल्न आग्रह गर्दै साथै नेपाल युवा परिषद आर्थिक समृद्धि गर्नको निम्ती युवाहरुलाई आग्रह गर्दै उद्घाटन समारोहको अन्त्य गर्नुभयो । यसका साथै नेपाल गरिव देश नभईकन हाम्रो सोचाई गरिब रहेको कुरा बताए । उहाँले गौतम बुद्ध जन्मिएकोे देशमा हामी युवाहरुले आफ्नो सिप र क्षमतालाई नेपालमै उपयोग गरेर देशलाई आर्थिक बिकास तर्फ उन्मुख गर्न अति आवश्यक रहेको कुरा सहभागि माझ बताएका थिए । कार्यक्रममा नागरिक समुहका अध्यक्ष निगम हुमागाई, नासा नेपालका महासचिव गोविन्द भट्टराई, मेरो जबका प्रबन्ध निर्देशक शैलेन्द्र गिरी, युवा अभियन्ता सुजिल खड्का लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनमा राम प्रसाद थपलिया ज्युले सहभागिहरुलाई युथ भिजन २०२५ बारेमा, युएनडिपीका प्रतिनिधी विसम ज्ञवालीले शान्ति स्थापनामा युवाको भुमिकाको बारेमा जानकारी गराएका थिए । यसका साथै कार्यक्रममा स्थानीय निर्वाचनमा युवाको भुमिका कस्ता रह्यो भन्ने बिषयमा नेकपा एमालेका प्रतिनिधी माननीय सभासद तथा पुर्व उद्योग मन्त्री कर्ण थापा, नेकपा माओवादीका प्रतिनिधी श्री प्रसाद गजेबु र नयाँशक्ति नेपालका आर्थिक बिभाग प्रमुख सुनिल खड्काले सहभागिलाई जानकारी गराएका थिए । कार्यक्रममा डिआईजी सर्वेन्द्र खनाल र मेयर जनरल रमिन्द्र क्षेत्री ज्युले सहभागिमाझ आफुले गरिरहेका कार्यको बारेमा जानकारी गराएका थिए । उनीहरुको उपस्थितीले सहभागिहरुमा नयाँ उर्जा थप्ने कार्य गरेको थियो ।

यसका साथै दिगो बिकासका लक्ष्य प्राप्तीको लागि युवाहरुले कस्तो भुमिका खेल्न सक्छन् भन्ने बिषयमा पनि युएनडिपीका युवा कार्यक्रम अधिकृत बिसम ज्ञवाली ज्युले जानकारी गराएका थिए । मोटिभेसनल स्पीकर रञ्जित आचार्यले सफलताको सुत्रहरु भन्ने सेसन लिएका थिए । कार्यक्रममा पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटनमा युवाको भुमिका, मेरो जबका म्यानेजर राजन कोइरालाले करियर विल्डीङ, र बिभिन्न महिला समाजसेवकहरुले सामाजिक कार्यमा युवाहरुको भुमिका कस्तो हुनुपर्छ भन्ने बिषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सबै सहभागिहरुलाई दिगो बिकासका लक्ष्य प्राप्तीका लागि अन्तर्राष्ट्रिय स्तरमा नै युवाहरुले कसरी योगदान दिन सक्छन्, भन्ने बिषयहरुमा युएनडिपीका कन्ट्री डिरेक्टर रिनोडले जानकारी गराए । उनको सेसनले सहभागिहरुलाई आफुले दिनसक्ने योगदानको बारेमा अझ बढी जानकारी प्राप्त भयो ।

कार्यक्रमको समापन समारोहमा नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँ ज्युले राष्ट्रिय युवा घोषणा पत्र २०१७ पेश गरेका थिए । जस्मा दिगो बिकास लक्ष्य प्राप्तीको सम्भावना बुझेर युवाहरुलाई कसरी परिचालन गर्ने, पर्यटनको सम्भावनाको क्षेत्रमा युवाहरुलाई परिचालन गर्न कार्यक्रम आयोजना गर्ने, साथै युवाले योगदान गर्न सक्ने क्षेत्रहरुको पहिचान गरेर कार्यक्रम गर्ने जस्ता बुँदाहरु समावेश रहेको थियो । कार्यक्रमको समापन समारोहमा पुर्व उद्योगमन्त्री तथा माननीय सभासद कर्ण थापाले नेपाल युवा परिषदले आयोजना गरेको सम्मेलनको प्रंशसा गर्दै यो कार्य सर्हानीय रहेको बताएका थिए ।

यसका साथै पर्यटन बोर्डका सदस्य कृष्ण कुमार अर्यालले कसरी नेपाल युवा परिषद संघर्ष गर्दै यहाँ सम्म आइपुगेको कुरा सहभागिहरुलाई जानकारी गराएका थिए । सहभागीहरुमध्ये एक दिपा न्यौपानेले नेपाल युवा परिषदको आयोजनामा भएको यो सम्मेलनमा आउनु आफ्नो लागि भाग्यको कुरा रहेको बताइन् । उनले यहाँ सिकेको कुराहरु आफ्नो स्थानमा लगेर अन्य युवाहरुलाई सिकाउन सकेमा दिगो बिकास र शान्ति स्थापनामा आफुले योगदान दिन सक्ने कुरा समेत जानकारी गराइन् । समापन समारोहमा नेपाल युवा परिषदले मधेस क्षेत्रमा बाढी पिडित जनताहरुको लागि सहयोग संकलन गरेर अर्को एउटा ठूलो योगदान दिन सफल भएका थिए ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.