Our blogs

blogs

राजधानीमा GIS सम्बन्धि तालिम संचालन हुने

 नेपाल युवा परिषदको आयोजनामा राजधानीमा ७ दिने GIS सम्बन्धि तालिम संचालन हुने भएको छ । आगामी भाद्र २९ गते बाट असोज ४ गते सम्म अर्थात सेप्टेम्बर १४ देखि २० काठमाण्डौमा संचालन हुने तालिममा करिब ३० जना सहभागीहरुको सहभागीता हुने भएको छ ।

बिश्वव्यापीकरण भएसंगै नेपालमा पनि बिबिध खालका प्रबिधिहरु भित्रिएको छ र यसै अनुरुप यस GIS सम्बन्धि जानकारी सहितको तालिम आयोजना गर्न लागेको जानकारी यस संस्थाको महासचिब बिराज श्रेष्ठले बताउनुभयो । यस तालिममा बन्यजन्तु बिषयमा अध्ययनरत बिद्यार्थीहरु, बातावरण बिषयमा अध्ययनरत बिद्यार्थीहरु, सुचना प्रविधिमा अध्ययनरत बिद्यार्थीहरु, ट्राभल एण्ड टेकिङ्ग कम्पनिको व्यवस्थापक र उक्त कम्पनिमा सुचना प्रविधि शाखामा कार्यरत कर्मचारीहरु, बिभिन्न एयरलायन्स कम्पनिको सुचना प्रविधि शाखामा कार्यरत कर्मचारीहरु र भुगर्भशास्त्रमा अध्ययनरत बिद्यार्थीहरु लगायतका अन्य युवाहरुलाई लक्षित गरी यस तालिमको आयोजना गरिएको जानकारी यस संस्थाको उपाध्यक्ष शुर्दशन बिडारीले बताउनु भयो ।

यस तालिमको मुख्य प्रशिक्षक जियोम्यटिम इन्जिनियर असिम बाबु श्रेष्ठ रहेको छ भने यस तालिमबाट प्रशिक्षार्थीहरुले GIS को बिषयमा पूर्ण जानकारी पाउनेछन, त्यस सफ्वयरको प्रयोग कसरी गर्ने र उपयोगी  नक्साहरु समेत निर्माण गर्न सक्नेछन भन्ने कुराको जानकारी प्रशिक्षक असिम बाबु श्रेष्ठले बताउनुभयो ।

यस नेपाल युवा परिषद एक बिशुद्घ नाफारहित, सामाजिक संस्था भएकोले यस तालिमको बिद्यार्थी बर्गहरुलाई समेत मध्यनजर गर्दै तालिमको अत्यन्तै न्यून शुल्क राखेको जानकारी यस तालिमको सहसंयोजक रितिका प्रसाईले बताउनु भयो ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.