Our blogs

blogs

अनकन र परिषद बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा परिषद नेपाल र युएस नेपाल कम्युनिटी आउटरिच नेटवर्क (अनकन) बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद नेपालका अध्यक्ष सरोज बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनकन र राष्ट्रिय युवा परिषदको सम्बन्ध स्थापित भएपछिका गतिबिधीको समीक्षा गरेको थियो ।
कार्यक्रममा अनकनका अध्यक्ष प्रकाश गौतमले छोटो समयमा नै अनकनले आफ्नो छुट्टै स्थान बनाएर अघि बढेकोमा आफुलाई गर्भ लागेको कुरा बताउनु भएको थियो । साथै उनले नेपालमा कार्य गर्नको लागि अतुलनिय योगदान दिएकोमा राष्ट्रिय युवा परिषद, नेपाललाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

उहाँले राष्ट्रिय युवा सम्मेलन देखि अहिले सम्म आइ पुग्दा दुई संस्था बिचको सम्बन्ध धेरै गाढा भएको र भविष्यमा पनि यो सम्बन्धलाई थप उचाई दिनको लागि आफुले सक्दो प्रयास गर्ने बताएका थिए ।

राष्ट्रिय युुवा परिषद नेपाललाई अमुल्य यो स्थान सम्म पु¥याउनको लागि सहयोग प्रदान गरेको मा धन्यवाद दिँदै भबिष्यमा पनि राष्ट्रिय युवा परिषदको गतिबिधीमा सहयोग प्रदान गर्ने आशा व्यक्त गर्नु भएको थियो । उनले अनकनको सहयोगले राष्ट्रिय युवा परिषदलाई अघि बढ्न आधार प्राप्त भएको कुरा प्रष्टाएका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदको तर्फबाट अनकनलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै अनकनको तर्फबाट जुम्लाको छाउपडी प्रर्था न्यूनिकरण कार्यक्रमको लागि परिषदलाई ३ लाखको चेक हस्तान्तरण गरिएको थियो । अनकनका अध्यक्ष प्रकाश गौतम, सल्लाहकार राजेन्द्र गिरी, बच्चु पाण्डे र सुवाष गौतम ज्युले चेक परिषदका अध्यक्षलाई हस्तान्तरण गर्नभएको थियो ।

कार्यक्रममा दुई संस्थाको सम्बन्ध स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्नु भएका राजेन्द्र गिरी ज्युले दु्ई संस्थाको सम्बन्धको बारेमा बताउँदै । छाउपडी प्रर्थाको कार्यक्रमको लागि परिषदलाई शुभकामना दिनु भएको थियो । राष्ट्रिय युवा परिषदले अनकनको सहयोगमा विकट जिल्ला जुम्लाको सामाजिक समस्या छाउपडी प्रर्था न्यूनिकरणको लागि कार्यक्रम गर्न लागेको छ ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.