Our blogs

blogs

छउपडि न्यूनिकरणमा अनकन सक्रिय

अमेरिका नेपाल कम्यूनिटि आउटरिच नेटवर्क अनकनको आयोजना, राष्ट्रिय युवा परिषद, नेपालको संयोजन, स्थानिय संयोजन रेस नेपाल जुम्ला र जिल्ला बिकास समितिको कार्यलय जुम्लाको सहकार्यमा जुम्लाको सदरमुकाम खलाङ्गा बजार र बोहोरा गाँउमा छउपडि र हाम्रो समाज” भन्ने बिषयमा सडक नाटक र छउपडि र महिला स्वास्थ्य भन्ने बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो ।

सुदुरपश्चिमको जिल्लाहरुमा कुरितिको रुपमा रहेको छउपडिलाई न्यूनिकरणको निमित्त यो सडक नाटकको आयोजना गरिएको हो । सडक नाटकमा बिशेषगरी छउपडिलाई धर्मसँग जोडी छउपडि प्रर्था अहिलेसम्म पनि बिद्यामान नै रहेको छ र छउपडि प्रर्था नमाने हाम्रो कुलदेवता रिसाउँछ भन्ने कुराहरुलाई व्यंगात्मक ढङ्गबाट प्रस्तुत गरीएको थियो र यो गलत धारण हो भन्ने सन्देश प्रबाह समेत नाटकबाट प्रदान गरिएको थियो । सुदुरपश्चिमको अधिकांश जिल्लाहरुमा छउपडि एक बिकराल समस्याको रुपमा रहेको छ र यसको न्युनिकरणमा अनकनले अभियान संचालन गरेको हो ।

स अभियान अन्तर्गत जुम्ला जिल्लाको सदरमुकाम खलाङ्गा बजार र बोहोरा गाँउमा स्थानीय व्यक्तिहरु उपस्थितिमा सडक नाटक सम्पन्न भएको हो । नाटकमा बिशेषगरी छउपडि कुप्रर्था हो, यसको न्युनिकरणमा युवाहरु नै सक्रिय हुनुपर्छ र यसको न्यूनिकरण हाम्रै पालोमा सम्भब छ भनी सन्देश प्रबाह गरी सम्पन्न भएको थियो ।

साथै अन्र्तक्रिया कार्यक्रममा जिल्ला बिकास समितिको प्रतिनिधिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय दलिय प्रतिनिधिहरुको पनि उपस्थतिमा सम्पन्न भएको थियो । उक्त अन्र्तक्रिया कार्यक्रममा क्याड नेपाल र कर्णली बिज्ञान प्रतिष्ठानका तर्फबाट कार्यपत्र पेश भएको थियो र त्यस कार्यपत्र माथि सहभागीहरुले आफ्नो आफ्नो धारण समेत प्रस्तुत गरेका थिए ।

सहभागीहरुले छउपडि प्रर्थाको बारेमा खुलेर आफ्नो धारण प्रस्तुत गरेको थिए । प्राय जसो उपस्थिति भएका महिलाहरुले यो पराम्परागत रिति हो र यसलाई हामी त्यसै भएर स्वीकार गरेका हौ र स्वीकार नगरे हाम्रा कुलदेवता रिसाउँछन भन्ने उनीहरुको धारण रहेको थियो ।

पुराना पुराना मानिसहरुले छुई भएको बेलामा किताब समेत पढ्न दिदैनथे, छुइ भएको बेलामा गाईको दुध खान नहुने, घरको मुल थाम छुन नहुने, भात समेत खान नहुने, छुई भएको बेलामा राम्रो सँग मानेन भने बच्चा समेत नहुने कुराहरु बिश्वास धेरै पहिला रहेछ तर अहिले शिक्षाको कारणले छउपडि प्रर्था समेत धेरै मात्रामा न्यूनिकरण भईसकेको छ । यसको लािग स्थानिय बिभिन्न संघ संस्था र सरकारी तवरबाट समेत बिबिध खालको कार्यक्रमहरु संचालन भईसकेको रहेछ ।

छुइको समयमा महिला महिला बिचमा समेत छुन हुन्न भन्ने मान्यता अझै पनि बिकट गाँउहरु बिद्यमान रहेको छ र त्यसको न्यूनिकरणमा धेरै पहलहरु समेत भएको छ तर केही हदसम्म मात्र कम भएको रहेछ ।

अनकन अमेरिकामा रहने नेपालीहरुको सामाजिक सस्था हो र यसले छउपडि प्रर्था मात्र नभई शिक्षाको क्षेत्रमा समेत सहयोग गरिरहेको छ र केही बालबलिकाहरुलाई छात्राबृत्ति समेत प्रदान गरी अनकनले सामाजिक सेवामा आफुलाई प्रमाणित गरिसकेको छ । त्यसैगरि अनकनले चितवनमा हिमालय निम्न माध्यमिक बिद्यालयमा कम्प्युटर ल्याव समेत निर्माण गरी कम्प्युटर शिक्षा प्रदान गर्नमा सहयोग गरेको छ । साथै अनकनले भुकम्प पश्चात लायन्स क्लवको माध्यमबाट सहयोग हस्तान्तरण गरेको थियो र भुकम्पले प्रभाबित जनमैत्री क्यापसलाई भवन निर्माणको लागि सहयोग रकम क्यापसलाई हस्तान्तरण गरी नेपालमा सहयोगको क्रमलाई निरन्तरता दिदै आईरहेको छ ।

साथै महिलाहरुलाई सवल र सक्षम बनाउनको लागि समेत सहयोग गरेको छ र युवाहरुलाई सशक्तिकरणमा समेत सहयोग हात अघि बढाईरहको यस अनकनले नेपाल र नेपालीहरुप्रति देखाएको सदभावलाई जो कोसैले पनि प्रशंसा गर्न लायक छ ।

अमेरिकामा रहँदा पनि नेपाल र नेपालीहरुलाई सहयोग गर्न पाउदाँ ज्यादै खुशि रहेको कुरा यसै प्रोजेक्टका लक्ष्मी ओलीले बताउनुभयो ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.