Our blogs

blogs

पोखरामा सठक ठोस फोहोर व्यवस्थापन अभियान सुरु

पर्यटकीय नगरी पोखरामा तिन महिना लामो समय सम्म संचालन हुने सठक ठोस फोहोर व्यवस्थापन अभियानको एक कार्यक्रम बिच उद्घाटन सम्पन्न भयो ।

राष्टिय युवा परिषद, नेपालको आयोजना, बाबा फाउन्डेसनको सहआयोजना र लियो क्लब पोखरा लेकसाईड, मिन्स रुम रिलोडेड ः एम.आर. आर, मास्टरपिस एन.ओई.सी नेपाल, लायन्स क्लब पोखरा सेन्ट्ररल सहयोग साथै सहयोगी संस्थाको रुपमा क्यट आडमसन कन्झरभेसन फण्ड रहेको छ ।

पोखरा उपमहनगरपालिकाका निमित्त कार्यकारी प्रमुख ओमराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा सम्पन्न भएको थियो । त्यसै गरी अतिथिहरुमा बन बिज्ञान अध्ययन संस्थान सहायक डिन जिबननाथ पाण्डे, बन बिज्ञान अध्ययन संस्थानकै क्याम्पस प्रमुख बिर बहादुर खनाल क्षेत्री, बाबा फाउन्डेसको प्रबन्ध निर्देशक अमृता पौडेल, पोखरा पर्यटन बोर्डको संयोजक गणेश भट्टराई, पर्यटन व्यवसायी एवं महिला सशिक्तिकरण नेपालका संस्थापक लक्की कार्की, ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रका ब्रह्मकुमारी मञ्जु लगायत व्यक्तिहरुको आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा जननी एफ एमका स्टेसन म्यानेर बिमला भण्डारी, बाताबरणप्रेमी हेमन्त ढकाल, कान्तिपुरका पश्चिमाञ्चल व्युरो प्रमुख भिम प्रसाद घिमिरे, लायन्स क्लब पोखरा सेन्ट्ररल क्रमश सचिब बिशाल सुबेदी, कोषाध्यक्ष रमेश श्रेष्ठ र सफलता एम.एमका प्रतिनिधि मधु अधिकारी लगायतका व्यक्तिहरुको सहभागीतामा सम्पन्न भएका थियो साथै आमा समूह र एम.आर.आरका युवा साथीहीको समेत उल्लेखनिय सहभगीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा उपमहनगरपालिकाका निमित्त कार्यकारी प्रमुख ओमराज पौडेलले यस्तो महान अभियानमा पोखरा उपमहनगरपालिका सहयोग गर्न सधैब तत्पर रहेको र भबिष्यमा जुन सुकै सहयोग आबश्यक परेमा उपमहानगरपालिकाले गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रका ब्रह्मकुमारी मञ्जुले परिबर्तन आफैबाट गर्नु पर्छ र यो सम्भब पनि रहेकोले ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रबाट हुन सक्ने सहयोग यस अभियानलाई गर्न सदैब तयार रहेको कुरा बताउदै यस अभियानलाई शुभकामना समेत व्यक्त गर्नु भएो थियो ।

पोखरा पर्यटन बोर्डको संयोजक गणेश भट्टराईले पर्यटकीय नगरी पोखरालाई सुन्दर र हराभरा बनाई राख्न संचालन गरको अभियनले सम्बन्धित सरोकारवालाहरु समेतलाई सहभागी गराई स्थानीय व्यक्तिहरुको उल्लेखनिय सहभागीता हुने कार्यक्रम अगाडी लान सके अबश्य पनि यो अभियानले सफलता प्राप्त गर्ने कुरामा जोड दिदै आयोजकहरुलाई बिशोष धन्यबाद समेत व्यक्त गर्नुभएको थियो ।

यस अभियान अभियानमा मात्रै सिमित नभई साच्चै नै समाजमा राम्रो कार्य गरी देखाउनुपर्छ र अनि यो पोखराको मुहारलाई सधैब हराभरा राखिराख्न यस्ता खालको अभियानले निकै नै सार्थक पाउने कुरामा ता पौडेल, पोखरा पर्यटन बोर्डको संयोजक गणेश भट्टराई, पर्यटन व्यवसायी एवं महिला सशिक्तिकरण नेपालका संस्थापक लक्की कार्की र जननी एफ एमका स्टेसन म्यानेर बिमला भण्डारीले बिशेष जोड दिनु भएको थियो ।

शुभकामना मन्तव्य दिने क्रममा बन बिज्ञान अध्ययन संस्थान सहायक डिन जिबननाथ पाण्डे, बन बिज्ञान अध्ययन संस्थानकै क्याम्पस प्रमुख बिर बहादुर खनाल क्षेत्री बाताबरणलाई जोगाई राख्नलाई बेलाबेलामा यस्ता खालको कार्यक्रम संचालन भएमा पोखराको अस्तित्व सधैब कायम रहि रहनेछ र यसका लागि जनचेतना दिने खालको बिबिध कार्यक्रम गरीराख्नु पर्ने कुरामा जोड दिनु भयो ।

औपचारीक कार्यक्रम समापन पश्चात कार्यक्रम सम्पन्न गरेको चोकमा करिब ४० मिनेट लामो सरसफाई कार्यक्रम गरी अभियानलाई बिधिबद रुपमा सुरुवात गरेको थियो उक्त सरसफाई कार्यक्रममा ४० भन्दा बढी पोखरेली युवाहरुकोे सहभागीता रहेको थियो ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.