Our blogs

blogs

राष्ट्रिय युवा परिषद नेपालले विकासको पूर्वधार निर्माण

बढदो युवा बेरोजगारी बढेको अवस्थामा दोलखाका युवाहरु एक जुट भई विकास निर्माण अनि, मठ मन्दिर जोगाउन लागेका छन् । ग्लोवल पार्टनर दोलखा, नेपाल र राष्ट्रिय युवा परिषद नेपाल, दोलखा शाखाको संयुक्त आयोजनामा दोलखामा रहेको सिहंवनमा रहेको देवर देउ जाने बाटो तथा त्यस मन्दिर वरपर सरसफाई र अस्थाई बाटो निर्माण गरेका छन् ।

सो अवसरमा राष्ट्रिय युवा परिषद नेपाल दोलखा शाखाका अध्यक्ष श्री आशिष प्रधानले परिवतर्न सकारात्मक कार्यको लागि अवश्यक छ, यदि हामी युवाहरुले समाजका बिभिन्न कार्यहरुलाई सकारात्मक भई परिबर्तनको बाटो तर्फ लाने हो भने समाज अनि देश विकास हुने कुरामा दुईमत छैन भनी आफनो भनाई राखेका थिए ।

सो अवसरमा ग्लोवल पार्टनर दोलखाका बोड सदस्य दिपेश श्रेष्ठ, चिरञ्जिवि श्रेष्ठ, सिदार्थ प्रधान अनि त्यसै गरी राष्ट्रिय युवा परिषद नेपाल जिल्ला कार्य समिति सदस्यहरु पुजन हजाम, राम काजि तमाङ, समय थामी लगाएतका अन्य करिव २० जना युवाहरुको सहभागितामा कार्यक्रम सम्पन भएको थियो ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.