Our blogs

blogs

राष्ट्रिय युवा सम्मेलन २०१७ आयोजन हुने

नेपाल युवा परिषदको आयोजनामा अन्र्तराष्टिय युवा दिवस २०१७ को अवसरमा दिगो बिकासका लागि युवा भन्ने मुल नाराका साथ आगामी अगष्ट १२ देखि १४ सम्म राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१७ आयोजन हुने भएको छ ।

३ दिन सम्म चल्ने सम्मेलनमा युवा परिबर्तनको सम्बाहक हुन र दिगो बिकासको लागि युवा भन्ने मुल मर्मलाई सार्थकतामा परिणत गर्ने गरी कार्यक्रमको आयोजना गरिएको कुरा राष्ट्रिय युवा सम्मेलन २०१७ को कार्यक्रम संयोजक शुर्दशन बिडारीले बताउनु भयो ।

सन् २०१४ देखि नै राष्ट्रिय युवा सम्मेलन आयोजन गर्दै आईरहेको यस संस्थाले यस बर्ष ७५ ओटै जिल्लाबाट १ महिला र १ पुरुष गरी १५० जना युवाहरुलाई सहभागी गराई नेपालमा नेपाली युवाहरुलाई थप उत्साहित गर्दै नेपाली युवाहरुबाट अझै आशा मारिहाल्ने बेला भएको छैन र उनीहरुलाई एकिकृत गर्दै थप नयाँ आशा गर्ने बेला आएको छ भन्ने कुरालाई चरिर्थात्र गर्नको निमित्त यस कार्यक्रमको आयोजना गरेको हो । साथै आफ्नो श्रमको सदुपयोग यसै देश नेपालमा केही सफल कार्य गरी भोलीका पिढीको असल पथप्रदर्शक बन्नको लागि प्रेरित गर्ने उदेश्यका साथ यस राष्ट्रिय युवा सम्मेलन २०१७ को आयोजना गर्न लागेको कुरा नेपाल युवा परिषदको अध्यक्ष सरोज बानियाँले बताउनुभयो ।

यस राष्ट्रिय युवा सम्मेलन २०१७ मा सहभागी हुने युवाहरुले युवा उद्यमशीलता, युवा नेतृत्व साथै व्यक्तित्व बिकास सम्बन्धि बिषयमा बिभिन्न व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गरी सहभागी युवाहरुलाई थप हौसला प्रदान गर्नुहुनेछ साथै बिषयगत बिज्ञहरुले आफ्नो बिषयमा कार्यपत्र प्रस्तुत गरे पश्चात सहभागीहरुले पनि आफ्नो जिज्ञासा बिज्ञहरुलाई सोध्न सक्ने गरी कार्यक्रमको तयारी गरिरहेको संयोजक बिडारीले बताउनुभयो ।

चाडैनै यस सम्मेलनमा सहभागीताको निमित्त दर्ता प्रक्रिया थालनी गरी यस सम्मेलनलाई सबैको अबन्त्व हुने बिभिन्न बिकट जिल्लामा त्यही नै रहि समाजमा केही महत्वपूर्ण कार्य गर्न हुने नेपाली युवाहरुलाई सहभागी गराउनुको साथै प्रत्येक जिल्लाबाट नै जिल्लाका कार्यरत युवाहरुलाई सहभागीता गराउने गरी कार्यक्रमको आयोजना गरिएको जानकारी आयोजकबाट प्राप्त भयो ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.